Loading... आजः २०८१, ३० फाल्गुन शुक्रबार

किसानलाई गहुँ भित्र्याउने चटारो

कृष्णप्रसाद अधिकारी
दैलेखः सरकारले जारी गरेको लकडाउनको बेला दैलेख सहित देशका अधिकांश जिल्लाका किसान जोखीम मोलेर भएपनि आफ्ना खेतबारीमा काम गर्न बाध्य छन् ।

हावापानी र भौगोलिक स्थान अनुसार अहिले फरक फरक ठाउँमा फरक फरक बाली लगाउने, गोडमेल गर्ने , पानी लगाउने , खनजोत गर्ने लगायतका काम भइरहेको छ । उनीहरुका लागी ती काम अत्यावश्यक अन्र्तगत पर्ने हुँदा सरकारले गरेको लकडाउनमा पनि खेतबारीमा गएर किसानले काम गरिरहेका हुन् ।
यो समयमा पहाडका कतिपय स्थानमा धानको विउ राख्ने र तराईमा चैते धान रोप्ने,गहुँ भित्र्याउने,मकै छर्ने , मुसुरो उखेल्ने तथा पाखे धान छर्नको लागि खनजोत गर्र्नेे, बर्खे तरकारी लगाउने सिजन चलेको छ यी काम बाहेक अन्य तरकारी बाली तथा पशुपन्छिको आहारा ब्यवस्थापनमा पनि कृषकहरुलाई कोरोना भाइरस संक्रमणको त्रास बाहिरी रुपमा देखीएको छैन ।

भगवतिमाई गाउँपालिका वडा नं ४ का नारायण अधिकारीलाइ यति बेला धान छर्नेको लागि गहँकाटेर बारी जोत्न हतार छ । उनि भन्छन सरकारले लकडाउन गरेका छ तर पाकेको गहुँ बारीमा छोडेर घरभित्रै बसि सकिदो रहेनछ । गहुँ दिन प्रतिदिन पाकेर सुक्न लाग्ने आफु घर भित्रै बसे असिना आएर पाकेको गहुँ फाल्ने हो की भन्ने चिन्ताले बारीमा गएर गहुँ भिœयाउन लागेका छौँ ।उनि त एक उदारण मात्र हुन गाउँका अधिकाँश किसान अहिले खेतबारीमै देखिन्छन् ।

विश्वब्यापी कोरोना भाइरस कोभिड १९ को महामारी फैलिइरहँदा यसको संक्रमण फैलन सक्ने जोखीमका कारण सरकारले गरेको लकडाउन एक महिना बढि भइसकेको छ । अझ यसको अवधी बैशाख २५ सम्मा थपीइसकेको छ । अत्यावश्यक बाहेक सहर बजारमा कोही पनि घर बाहिर निस्कीएका छैनन् । तर देशका अधिकांश क्षेत्रका किसान जोखिममै भए पनि खेतबारीमा काम गर्न बाध्य छन् ।

कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेका अनुसार किसानहरुले आफ्ना परिवार मिलेर घर करेसा, र नजिकैका खेतबारीमा काम गर्न हुन्छ तर एकै ठाउँमा धेरै भेला भएर कृषिका काम नर्गन, यदि काम गर्नेपर्ने भए सामाजिक दुरी कायम गरि सुरक्षाका सबै विधि अपनाई नियमित गर्नुपर्ने कृषि कर्म, बालि लगाउने र कटानि भण्डारण गर्ने निरन्तरता दिने साथै कृषि उपज बजारीकरण गर्न केही समस्या भए आफुलाई खबर समेत गर्न हनुरोध गरे ।

परिवारका सदस्यहरुले गार्डेन मिलाउने, मकै छर्ने मल बोक्ने, गाइबस्तु चराउने, खनजोत गर्ने लगायतका कामलाई हामीले रोक भन्न सक्दैनौँ, भगवतिमाई गाउँपालिका अध्यक्ष दान बहादुर थापाले भने बरु कोरोना भाइरस संक्रमणको जोखिम वा त्यसबाट जोगिनका लागि खेतबारीको अत्यावश्यक काम नरोकी किसानले कस्ता सावधानीका उपाय अपनाउन सक्छन् त्यसमा ध्यान दिनुपर्छ ।

उनका अनुसार सामाजिक दुरी कायम गरेर काम गर्ने , मास्कको प्रयोग गरी काम सकिएपछि साबुन पानीले मिची मिची हात धुनुपर्नेछ । बाली लगाउने बेला नाघेपछि लगाएको बालीको उत्पादनमा असर पर्छ र भित्र्याउने बेला भएको बाली नभित्र्याउँदा मेहनत खेर जाने र घाटा हुने भएपछि बाध्य भएर किसानले स्वास्थ्य नै जोखिममा राखेर भए पनि काम गरेका छन् ।