दैलेखमा पनि बाझो जग्गामा खेति अभियान आरम्भ
कृष्णप्रसाद अधिकारी
दैलेख ः कर्णाली प्रदेश सरकारले बाँझो जमिनमा खेती गर्ने कार्यक्रम सुरु गरेको छ । कोरोना संक्रमणका कारण उत्पन्न खाद्य सुरक्षाको जोखिम कम गर्न प्रदेश सरकारले बाँझो जमिनमा खेती कार्यक्रम सुरु गरेको हो । प्रदेश सरकारले बिहीबारदेखि १० वटै जिल्लामा बाँझो रहेका जमिनलाई जोतेर खेती गर्ने कार्यक्रमलाई अगाडी बढाएको छ ।
हरेक महिनाको एक र १५ गतेलाई श्रम दिनका रुपमा मनाउँदै आएको प्रदेश सरकारले सोही असरमा यस्तो कार्यक्रम ल्याइएको मुख्य मन्त्रीको कार्यालय कर्णाली प्रदेशले जनाएको छ । विहीबार श्रम दिवसको अवसरमा दैलेखमा पनि कार्यक्रमको सुरु गरिएको छ कर्णाली सरकारले बाझो जग्गामा खेति गर्ने कार्यक्रमा ल्याएसंगै दैलेखमा यस कार्याक्रको सुरुवात गरिएको हो ।
कर्णालीमा विशेषरुपमा मकै, कोदो, फापर, माटे, मास, मसुरो लगााएतका अन्न तथा दलन बाली हुने गर्देछ । हाल आएर नेपालकै सबैभन्दा बढि खाद्य असुरक्षा हुने प्रदेशको रुपमा कर्णाली मानिन्छ, यो अवस्थाबाट माथि उठाउन कर्णालीको जमिन बाँझो नराखी । कर्णालीमा उत्पादन गर्नको लागि समूह बनाएर युवाहरु आएमा खेती गर्नेका लागि सरकारले जग्गा समेत उपलब्ध गराउँने कार्यक्रका सहभागिहरुले बताए ।
कोरोनाका कारण भोकमारी हुने खतरा भएकोले कृषि र रोजगारीलाई बढी प्राथमिकता दिएर यो वर्षको बजेट ल्याइने कर्णाली सरकारले जनाएको छ । व्यक्ति वा सरकारी र संस्थानको स्वामित्वका बाँझा जमिन खोज्ने काम पनि सुरु गर्न स्थानीय तहसँग समन्वय भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् । उनका अनुसार मन्त्रालयले भेटेरिनरी र कृषि विकास कार्यालयमार्फत ८९ वटै स्थानीय तहमा एकै पटक अभियान सुरु गरेको हो । मन्त्रालयले बाँझो जमिनमा खेती गर्न स्थानीय तहलाई आवश्यक रकमका साथै मल, बीउ र बेर्ना निःशुल्क उपलब्ध गराउने तयारी गरेको छ ।
“जमिन बाझो नराखौ सक्नेलाई खेती गर्न दिऔ’’ भन्ने मुल नाराका साथ दैलेखमा पनि विहिबार उत्पादन बिशेष अभियानको औपचारिक सुभारम्भ कार्यक्रम प्रदेश सभा सदस्य माननिय मिनासिंह रकाल, समन्वय समिति दैलेखका प्रमुख प्रेम थापा ,नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्का, लगायत कृषक दाजुभाइ दिदिबहिनीहरूको उपस्थितिमा बिगत करिव ६ बर्ष देखि बाझो रहेको १०० रोपनि क्षेत्रफलमा खेतिको सुरूवात गरिएका दैलेख जिल्लामा खेति योग्य जमिन ४३१२१ हेक्टर, बाझो करिव ८२०८ हेक्टर छ, अभियान शुरूवात भएको छ, जिल्लाका ११ वटै पालिका संग समन्वय गरि स्थान विशेष सम्भावनाका आधारमा खेति गर्न प्रोत्साहन गर्ने जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताए ।
