Loading... आजः २०८१, २५ भाद्र मंगलवार

ई–टिडियस नगरिदिदा व्यवसायीलाई सास्ति

दैलेख ः जिल्लाका सरकारी कार्यालहरूले समयमानै ई–टिडियस नगरिदिदा ब्यबसायीहरूलाई सास्ति खेप्नु परेको छ ।
जिल्लामा रहेका अधिकाँस सरकारी कार्यालयहरू तथा स्थानीय तहहरूले व्यवसायीको नाममा जम्मा हुने अग्रिम आयकर बापतको रकम विद्युतीय प्रणालीमा समावेश नगरेकै कारण हैरानी बेहोर्नु परेको हो ।

व्यवसायीहरूले कार्यालयमा बिल पेस गरेपश्चात् ६.५ प्रतिशत भ्याट रकम र १.५ प्रतिशत अग्रिम आयकर स्वयम बिल पेस भयको निकायले विद्युतीय प्रणाली मार्फत सिस्टममा अपलोड गर्ने नयाँ व्यवस्था आयसङै कार्यालयका लेखा शाखाका कर्मचारीहरूले उक्त काम नयाँ रहेको र अभ्यासमा नरहेको भन्दै पन्छिने गर्नाले ब्याबसायिहरू प्रत्यक्ष मारमा परेको ब्याबसायि भरत कुमार थापाले बताए ।

नारायण नगरपालिका कार्यालयमा आफूहरूले बिल पेस गरेको र सो बिल बापतको अग्रिम आयकर बापतको रकम सिस्टममा अपलोड गर्नलाई ई–टिडियस गरिदिन नगरपालिकाको लेखा शाखामा पटक पटक आग्रह गर्याै तर लेखा शाखाबाट यो हाम्रो काम हैन भन्दै पन्छिन खोजेको थापाले आरोप लगाए ।

नारायण नगरपालिका कार्यालय एउटा प्रतिनिधिमुलक घटना हो, जिल्लाका अधिकाँश सरकारी कार्यालयहरू साथै स्थानीय तहहरूले समेत ई–टिडियस नगरिदिएको ब्याबसायी प्रकाश बुढा बत्ताउँछन् ।
समयमानै कार्यालयहरूले ई–टिडियस नगरिदिदा कर चुक्ता समेत नआउने, कर चुक्ता नआएपछि बैकमा आफ्नो फर्म नवीकरण समेत नहुने र समयमा बितिय संस्थाहरूमा नवीकरण नभए दिनहुँ जस्तो बढ्दो ब्याजदरको शिकार हुनुपर्ने, र नयाँ कुनै कार्य गर्दा समेत कर चुक्ता नहुँदा समाबेशनै हुन नसक्ने स्थिति आयसँगै व्यवसायीहरू चिन्तित छन् ।

सरकारले नयाँ व्यवस्था आयसङै सम्बन्धित कार्यालयहरूले नै ई–टिडियस गर्न उर्दी जारी गरे पनि कतिपय कार्यकालहरूमा यसका बारेमा उचित ज्ञान नभएकै कारण पनि ढिलाइ भयको हुन सक्ने अनुमान गर्न सकिन्छ तर कार्यालयहरूले समयमा अग्रिम आयकर बापतको रकम सिस्टममा अपलोड नहुँदा,सास्ति भने भोग्नुपरेकै छ साथमा कुनै पनि नयाँ काम तथा बितिय संस्थाहरूमा भाग लिन सेवा लिन भने वञ्चित रहेकोले समयमानै यस तर्फ ध्यान दिन जरुरी छ ।