Loading... आजः २०८३, २ मंसिर मंगलवार
यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृतमा दैलेखका बिष्ट नियुक्त

देशकै अग्रणी निजी वायुसेवा प्रदायक यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा दैलेख जिल्लाका युवराज बिष्ट नियुक्त भएका छन्।

दैलेखको नारायण नगरपालिका–१ मा मध्यमवर्गीय परिवारमा जन्मिएका बिष्ट कर्णाली प्रदेशबाट निजी क्षेत्रको वायुसेवा कम्पनीको सर्वोच्च कार्यकारी पदमा पुग्ने पहिलो व्यक्ति हुन्।

लामो समयदेखि यति एयरलाइन्समा विभिन्न जिम्मेवारीमा कार्यरत बिष्ट आफ्नो लगनशीलता, मेहनत र इमान्दारिताका कारण संस्थाको नेतृत्व तहसम्म पुग्न सफल भएका हुन्। उनको यस नियुक्तिलाई संस्थागत सुशासन र आन्तरिक कार्य क्षमताको सम्मानको रूपमा पनि लिइएको छ।

यति एयरलाइन्सले हाल नेपालका आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यहरूमा नियमित उडान गर्दै आएको छ। सेवा, सुरक्षा र समयबद्धताका आधारमा अन्य वायुसेवा कम्पनीहरूको तुलनामा आफूलाई अब्बल साबित गर्दै आएको यस संस्थाप्रति यात्रुहरूको विश्वास र आकर्षण निरन्तर बढ्दै गएको छ।

कर्णाली प्रदेशका नागरिकले बिष्टको यो उपलब्धिलाई प्रदेशकै गौरवको रूपमा लिएका छन्। संस्थागत नेतृत्वमा कर्णालीका प्रतिनिधिको पहुँचले राष्ट्रियस्तरमा कर्णालीको उपस्थितिलाई थप सुदृढ बनाएको छ।

समाचार

सम्बन्धित समाचार