Loading... आजः २०८३, २८ आश्विन बुधबार

कठिन भूगोल र चाडपर्वका बाबजुद डोल्पामा कर्णाली प्रदेश स्तरीय बुद्धिचाल छनोट सुरु

डाेल्पाकाे दुनैमा भएकाे बुद्दिचाल खेलकाे तस्विर

डोल्पा, दुनै, कुमार प्याकुरेल-लामो समयदेखि मिति सर्दै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अहिले कर्णालीका विभिन्न जिल्लामा तीव्र रूपमा भइरहेको छ। सोही क्रममा बुद्धिचाल खेलको कर्णाली प्रदेश स्तरीय खेलाडी छनोट प्रतियोगिता कर्णाली प्रदेशको सदरमुकाम डोल्पाको दुनै बजारमा सुरु भएको छ।

कर्णाली प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको यो छनोटमा कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट, हुम्ला, जुम्ला,सल्यान,कालिकाेट र डोल्पा लगायतका जिल्लाबाट जिल्ला स्तरीय छनोटमा परेका खेलाडीहरूको सहभागिता रहेको छ।

छनोट कार्यक्रममा कर्णाली प्रदेशभित्रका पुरुष ३० जना र महिला ५ जना गरी जम्मा ३५ जना खेलाडी सहभागी छन्।

बुद्धिचाल संघ कर्णाली प्रदेशका अध्यक्ष एवम् प्रदेश स्तरीय छनोटका सह-संयोजक मिस्टर कार्लमाक्स श्रेष्ठले कठिन भौगोलिक अवस्था र चाडपर्व नजिकिँदै गर्दा पनि खेलाडीहरू उत्साहपूर्वक सहभागी भएको बताए।

मुगुबाट आएका खेलाडी गगन शाहीले भने, खेल क्षेत्रको सुन्दर भविष्यका लागि सबै कष्ट र चाडपर्वलाई थाती राखेर हामी यहाँ खेल्न आएका हौँ।

कार्यक्रमका लागि कर्णाली प्रदेश खेलकुद परिषद्ले प्रदेश स्तरकाे छनाैटका लागि सह संयाेजककाे जिम्मेवारी पाएका बुद्धिचाल संघ कर्णाली प्रदेशका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो। खेलको प्रमुख प्रशिक्षक र आर्बिटरको रूपमा पशुपतिनाथ योगी रहेका छन्

कार्यक्रममा जिल्लाका विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति थियो।दशौं राष्ट्रिय खेलकुदका लागि कर्णालीका विभिन्न जिल्लामा विभिन्न विधाका खेलहरूको प्रदेश स्तरीय छनोट भइरहेको बेला डोल्पामा बुद्धिचालको छनोट सम्पन्न हुँदैछ।

राष्ट्रिय खेलमा कर्णालीको प्रतिनिधित्व गर्ने उत्कृष्ट खेलाडी यही छनोटबाट छानिने छन्।

समाचार

सम्बन्धित समाचार