एमालेले नै नेपालको समृद्धि अघि बढायो : ओली

उनले सरकार भनेको नाक कानमा लगाउने गहना नभएको भन्दै जनताको समस्या हेर्ने, जनतालाई शान्ति र सुव्यवस्था दिने, जनतालाई समस्या परेका बखत समाधान गर्ने बिषयमा सरकार देखिनुपर्ने धारणा राखे । ओलीले आगामी निर्वाचनमा नेपाली जनताले अत्याधिक मत सहित नेकपा एमालेलाई सरकारको जिम्मेवारी सुम्पनेमा आफु ढुक्क रहेको पनि बताए । कार्यक्रममा अध्यक्ष ओलीले जसपा नेता मंगल प्रसाद गुप्तालाई एमाले प्रवेश गराएका थिए ।
