Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ

 

दैलेख । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । आज बिहान दैलेख क्वारेन्टाइनमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवाको शनिबार बिहान अकस्मात मृत्यु भएको थियो ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको हो । उनका ७९ जना साथीहरुसहित १० दिन अघिमात्रै भारतको गुजरातबाट गाउँ फर्किएका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनको कोरोनाको रिपोर्ट पोजेटिभ देखिएको नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । मृतकको दाहसंस्कारका लागि जिल्ला प्रशासनसँग सहकार्य भइरहेको भण्डारीले बताए ।

यस्ताे छ  विज्ञप्ती 

समाचार