कर्णाली प्रदेश स्तरिय ह्यान्डबलकाे प्रथम स्थानकाे उपाधि दैलेखलाई

सुर्खेत।कर्णाली प्रदेशकाे राजधानि बिरेन्द्रनगर सुर्खेतमा आयाेजित कर्णाली प्रदेश स्तरिय ह्यान्डबल प्रतियाेगितामा दैलेखले प्रथम स्थानकाे उपाधि हात पारेकाे छ ।
कर्णाली प्रदेश खेलकुद परिषदकाे आर्थिक सहयाेगमा कर्णाली प्रदेश ह्यान्डबल संघ सुर्खेतकाे आयाेजनामा भएकाे प्रदेश स्तरिय ह्यान्ड बल प्रतियाेगितामा प्रदेशका सबै जिल्लाहरूलाई पछि पार्दै दैलेखले प्रथम स्थान हासिल गरेकाे हाे ।
पछिल्लाे समय सुस्ताएकाे ह्यान्डबल (भलिवल) कुनै समय दैलेख जिल्लामा थुप्रै खेलाडीहरू उत्पादन गरेकाे भलिबलकाे हव जिल्ला दैलेख जिल्ला हाे,जिल्लामा जिल्ला, प्रदेश ,राष्ट्रिय देखि अन्तराष्ट्रिय स्तरसम्मा खेल खेलिसकेका खेलाडीहरू समेत जन्माएकाे जिल्लामा पछिल्लाे समय जिल्लामा सम्बन्धित निकाय जिल्ला खेलकुदकाे आबश्यक चासाे पहलकदमि नभएकै कारण जिल्लामा भलिवलकाे क्रेज घट्दाे छ,हाल चलिरहेकाे प्रदेश स्तरिय ह्यान्डवल प्रतियाेगितामा सहभागी हुन खेलाडिहरूकाे उच्च मनाेवल र जिल्लाका स्थानिय मेडिकल ब्यबसायी राम मेडिकलका प्राेपराईटर राम थापाले खेलाडीलाई प्राेत्साहन स्वरूप जर्सि उपलब्ध गराई सहयाेग गरेका थिय भने स्थानिय खेलकुद बिकास समिति र स्थानिय पालिकाहरूकाे एक रूपया समेत सहयाेग नपाएकाे टिमका कमाण्डर देबेन्द्र केसीले बताए ।खेलमा बिजेता भएकाे देख्न चाहने र जिल्लामा खेदकुदमा खेलाडीकाे मनाेवल साथै खेलाडी उत्पादन तथा लगानीमा कन्जुस्याई गर्नाले खेलाडीहरू घट्दाे क्रममा रहेकाे केसिले बताए ।






