दैलेखका दुई सांसद प्रदेश सभामा जान नपाउँने
सुर्खेत ः दैलेखबाट निर्वाचित प्रदेश सभा सदस्य अम्मर बहादुर थापा र सुशिल थापालाई प्रदेश सभामा जान नपाउँने भएका छन् ।
कोरोना संक्रमण क्षेत्रमा खटिएका दुई सांसद प्रदेश सभामा जान नपाउँने भएका हुन कोरोना प्रभावित क्षेत्रमा खटिएका सांसदमा समेत कोरोना जोखिम हुने भन्दै एक हप्ता सम्म उनिहरु प्रदेश सभामा उपस्थित हुन नपाउँने भएका हुन ।
उनिहरु अब एक हप्ता सम्मा होम क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । कोरोना संक्रमण दैलेखमा फैलिएपछि उनीहरुको उद्दार, राहत, क्वारेन्टाइन व्यवस्थापन, औषधी उपचारमा दुवै सांसद थापा खटिरहेका छन् ।
कोरोना प्रभावित क्षेत्रमा दिनरात खटिएका सांसदलाई एक साता होमक्वारेन्टाइनमै बस्न आग्रह गर्दै प्रदेश सभामा प्रवेश रोक लगाइएको जनाइएको छ । सभामुख राज बहादुर शाहीले आइतबार फोन सम्पर्क गरी दुवै प्रदेश सदस्यहरुलाई एक सातासम्म प्रदेश सभामा नआएर होम क्वारेन्टाइनमा बसिदिन आग्रह गरेका थिए ।
७ दिन होम क्वारेन्टाइन बसेपछि कोरोनाको पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएपछि मात्रै प्रदेश सभामा सहभागि गराइने जनाइएको छ । दुवै सांसदलाई गेटमै रोक्ने गरी सुरक्षाकर्मीलाई सर्कुलर गरिएको जनाइएकोछ । पीसीआर रिपोर्ट बिना प्रदेश सभामा कुनै पनि कर्मचारी, सासद कसैलाइ पनि प्रवेश निशेध गरिएको जनाइएको छ ।




