Loading... आजः २०८१, २९ माघ मंगलवार

फौजीकीरा नियन्त्रण गर्न स्वयमसेवक परिचालन

कृष्णप्रसाद अधिकारी
दैलेखः दैलेख जिल्लाको दुल्लु नगरपालिकाले किसानहरुका बारीमा अमेरिकन फौजी किराले क्षेती पु¥याउन थाले पछी स्वयमसेवक परिचालन गरेको छ ।

दैलेखका किसानलाई अमेरिकन फौजी किराको प्रकोपबाट बाली जोगाउन गाह्रो भएको छ । मकैको बोट हुर्कन थालेसँगै फौजी किराले सताउन थालेपछी । जिल्लाका किसान यतीबेला निराश बनेका छन् ।

भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैलाई नष्ट गरिरहेको दुल्लु नगरपालिका वडा नं ७ नेत्र वहादुर रावतले बताए । ‘मकैको बिरुवा राम्रा थिए, भर्खर हुर्कदैं थिए’ उनले भने, ‘बर्ष भरी खाने मकै यहि हो, किराले सकेपछि के खाने होला’ किरा लागेपछि मकैको बोट समेत सुक्दै जान थालेको उनको भनाई छ ।
विश्व कोरोनाको संक्रासमा रहेका बेला एकातिर कोरोनाको महामारी अर्को तिर किसानले लगाएका मकै बालि समेत अमेरीकन फौजीकीराले क्षेती गरेको कारण यहाँका किसानहरु समस्यामा बरेका छन् ।

जिल्लाको दुल्लु नगरपालिका मात्र होइन जिल्लाको अधिकाश स्थानिय तहमा यसको प्रभाव उतीकै छ । पछिल्ला केहि साता दैलेखमा फौजी किराको प्रकोप देखिएको हो । जिल्लाकोे आठविस नगरपालिका ,ठाटिकाँध गाउँपालिका र गुराँस गाउँपालिकाबाट यसको बारेमा जानकारी नआएको कृषि विकास कार्यलय दैलेखले जनाएको छ ।

सबै भन्दा बढि दुल्लु नगरपालिकामा यसको प्रकोप देखिए पछी दुल्लु नगरपालिकाले नगर भित्रका १३ वटा वडाका किसानहरुलाई सघाउन कृषि विकास शाखाको रकमलाइ रकमान्तर गरेर ६५ जना स्वयम सेवक परिचालन गरेको छ । नगर भित्र कृषि पढेका युवाहरु काम पाउँदा खुसी भएको दुल्लु नगरपालिकाका १२ का नारायण लम्सालले पञ्चकोशी संग कुरा गरे ।
देश कोरोना भाइरसको कारण थला परेको र यस्तो अवस्थामा कृषकका बारीमा फौजीकीरा, फेदकटवा किराले मकैमा क्षेती पु¥याएको समस्यालाई मध्यनजर गर्दे दुल्लु नगरपालिकाको कृषि शाखाले बिषाधी, न्याप स्टयाक स्पे्रड दिएको र स्वयम सेवकले किसानलाई सघाउने दुल्लु नगरपालिका कृषि शाखाका प्रमुख राजन विष्टले बताए । उनका अनुसार दुल्लुमा करीब १५ हेक्टर क्षेत्रफलको लागि औषधी लगाएत अन्य सामाग्री प्रदान गरिएको छ ।

जिल्लाका कृषकलाई समस्या पर्ने नदिन कृषिविकास कार्यालय दैलेखले विभिन्न कामहरु गर्दे आएको छ । मकैमा लागेको २ थरीको किराले पारेको प्रभाव बारे सबै स्थानिय तह संग सहकार्य गर्दै किराको नियन्त्रणमा लागेको जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले बताए ।

उनले भने हाल मकैमा लागेको किरा फौजी र फेद कटुवा भएकाले यसको नियन्त्रण्मा लागेका छौँ । दैलेखका केही स्थानमा आइतबार बानी पानी पर्दा फेदकटुवा किरा कम हुने भएकोले पानी परेपछी नियन्त्रण हुने र फौजी किराको भने जोखिम नै रहेको छ ।