घाेडावासमा बस दुर्घटना हुदा चालककाे मृत्यु

दैलेख ः गुराँस गाउँपालिका वडा नं ४ को घोडावासमा बस दुर्घटना हुदा बस चालकको मृत्यू भएको छ ।
बुधबार भारतबाट आएका नागरिकहरु लिएर दैलेख आएको बस उनिहरुलाइ दैलेख छोडेर फर्केने क्रममा दुघटना भएको प्रहरीले जनाएको छ ।
भारतबाट आएका नागरिकहरुलाइ क्वारेन्टिनमा छोडेर कन्चन्पुर जादै गरेको ना ५ ख १६८५ नंबरको बस उकालो बाटोमा चढ्ने क्रमा ब्याक हुँदा दुर्घटना भएको र घटना स्थलमै चालको मृत्यु भएको ट्राफिक कार्यलय दैलेखका चन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार सहचालक घाइते भएकोर उनलाइ तत्काल सुर्खेत पठाउन लागेको बताए ।




