विहीबार दैलेखका संक्रमीत १०५ जना थपिए
दैलेख : दैलेखमा एकै पटक एक सय ५ जनामा कोरोना संक्रमण भेटिएका छनु ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिहीबार दिनमा गरिएको पीसीआर परीक्षणमा दैलेखका एक सय ५ र मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
दैलेखको नारायण नगरपालिकामा ६९,देवलकाँडामा १२ ,सोतमा ९, मानटाकुरामा ७,साडुमा २, भवानीमा ५ र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिहीबारको विज्ञप्ती





