Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

दैलेखमा संक्रमितकाे संख्या ३५४ (कुन पालिकामा कती )

कृष्णप्रसाद अधिकारी 

दैलेख : दैलेख जिल्लामा कोरोनाका सङ्क्रमितको सङ्ख्या ३५४ पुगेको छ ।
शनिवार स्वास्थ्ये सेवा कार्यालय दैलेखले दैलेखमा कोरोना सङ्क्रमितको सङ्ख्या तिन सय ५४ भएको जनाएको छ ।
दिन प्रतिदिन दैलेखमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ज दैलेखका सबै पालिकामा बाहिर बाट आउनेको सङ्ख्या धेरै भएकाले कोरोनाको सङ्क्रमण झनै फैलिने देखिन्छ । शनिवार सम्म दैलेखका ९ वटा स्थानीय तहमा कोरोना सङ्क्रमण फैलिसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
सङ्क्रमित सङ्ख्या सबै भन्दा बढी नारायण नगरपालिकाका १९४ जना दुल्लु नगरपालिका ३६, चामुण्डाविन्द्रासैनी नगरपालिकामा १ आठविस नगरपालिकामा १, महावु गाउँपालिकामा १०८,नौमूले गाउँपालिकामा ७, डुङ्गेश्वर गाउँपालिकामा ३, गुराँस गाउँपालिकामा २ जना गरी शविबार सम्म दैलेखमा कोरोना सङ्क्रमितको सङ्ख्या ३५४ भएको छ । यस्तै दुल्लु र महाँबुमा थप १ /१ जना थपिएकाे जानकारी अाएकाे छ भने ३ वटा गाउँपालिकामा भने अहिले सम्म कुनै कोरोना सङ्क्रमित नदेखिएको स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थिर प्रसाद रेग्मीले बताए ।
यस्तो छ पालिकाको तथ्याङ्ग

समाचार