Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

कोरोनाका कारण मृत्यु भएका परिवारले पाए राहत


कृष्णप्रसाद अधिकारी
दैलेख ः दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नं ११ खागितडा का ३५ बर्षिया कोरोनाको कारण मुत्यु भएको परिवारले शनिवार राहत पाएका छन् ।
कर्णाली प्रदेशका पहिलो कोरोना सङ्क्रमित दुल्लु ११ का ब्यत्तिको परिवारलाई शनिवार २५ हजारको चेक प्रद्धानगर्दै मृतकको छोरीलाई निःशुल्क प्राविधिक शिक्षा पढाउने जिम्मा दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले लिएका छन् ।

शनिवार मृतकको घरमै पुगेर उनले मृतकका परिवारलाई रु २५ हजार किरिया खर्च दिँदै उनले अहिले किरिया खर्च मात्र दिएको हौँ, थप राहतको लागि नगरपालिकामा निर्णय गर्ने बाँकी रहेको भन्दै मृतकको छोरी अहिले १० कक्षामा पढ्दै गरेकोले उनलाई प्राविधिक शिक्षा निःशुल्क पढाउने जिम्मा आफूले लिएको बताए ।

भारतबाट घर जेठ ९ गते आएका उनको जेष्ट १७ गते शनिवार विहाना दुल्लु नगरपालिका वडा नं ७ स्थीत नेपाल विधुत प्राधिकरणको भवन क्वारेन्टाइनमा मृत्यु भएको थियो ।
नगर प्रमुखले नगरका सबै क्वारेनटिनमा पुगी सबैलाई मास्क र स्यानिटाइजर वितरण गर्ने जस्ता कार्य गर्दै । विपद्मा सबैको मनोबल उच्च राख्ने असल राजनीतिक व्यक्ति र सामाजिक उत्तरदायित्वको बहन गर्न सक्षम भएको स्थानीय श्याम सुन्दर गिरीले बताएका छन् ।

समाचार