सुयाडामा निर्माण हुदैँ पर्यटकीय स्थल

रामप्रसाद शर्मा
जाजरकोट ः जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं. २ सुयाडामा रहेको चुलाकोट मालिका आश्रमको काम पुन सुरु गरिएको छ ।
दैलेलेखको भगवतीलाई गाउँपालिका सँगै सिमाना जोडिएको यस ठाउँमा रहेका विभिन्न किसिमका भग्नावशेष अवस्थामा रहेका शिलालेख सिलेट कटौरा र सिनेट ताम्रापत्र भेटिएको थियो ।
त्यस ठाउँमा भेटिएका ऐतिहासिक महत्त्वका बस्तुहरूलाई संरक्षण गर्ने छेडा गाड नगरपालिकाबाट आर्थिक वर्ष २०७५÷०७६ १७ लाख रुपैयाँ । विनियोजित गरी मन्दिर निर्माण गरिएको, मन्दिरको वरपरको भागमा पी.सी.जी समेट भएको छ ।
अघिल्लो आर्थिक वर्षमा काम सम्पन्न हुन नसकेको ले यस वर्ष १५ लाख रुपैयाँ विनियोजित गरी काम सुरु गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष लक्षिराम उपाध्यायले जानकारी दिए ।
दैलेख र जाजरकोटको सिमानामा पर्ने यस मन्दिरको निर्माण कार्य सम्पन्न भएको खण्डमा दैलेख र जाजरकोटका लगायत अन्य पर्यटकलाई समेत सघाउ पुग्ने भएको यस क्षेत्रमा मन्दिर निर्माणको कार्यलाई प्राथमिकता दिएको छेडा गाड नगरपालिकाका नगर प्रमुख लालबहादुर महाताराले बताए ।
उनका अनुसार मन्दिर निर्माण भएको स्थलमा एउटा रुख मुनि विभिन्न शिलालेख भेटिएकोले यहाँ मन्दिर निर्माण गर्ने लागिएको हो । सिला पत्र भेटिएको रुखलाई नकाट्न समेत नगरपालिकाले निर्माण समितिलाई निर्देशन दिएको छ ।
यस क्षेत्रमा मन्दिर बनेपछि भगवतीलाई गाउँपालिका दैलेख र डेडागाड नगरपालिकालाई पर्यटकीय क्षेत्रमा टेवा पुग्ने भएकोले मन्दिर निर्माण कार्य सम्पन्न भए पछि पुजा आज गर्ने व्यवस्था मिलाइने पुजारी लक्षिराम उपाध्यायले बताएका छन् ।
