Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

दैलेखी युवाहरूद्वारा क्वारेन्टिनमा रहेकाहरूलाई खाजा वितरण

 कुमार प्याकुरेल

दैलेखः  दैलेख सदरमुकामको पुरानो बजार बासी युवाहरूद्वारा क्वारेन्टिनमा रहेकाहरूलाई खाजा वितरण गरेका छन् ।

कोभिड १९ को कारणले भारत लगायत तेस्रो मुलुकबाट नेपाल फर्केका युवाहरू क्वारेन्टिनमा बसिरहँदा,स्थानीय सरकारले उनीहरूको खानपिन र बसोबासको प्रबन्ध मिलाएपनि स्थानीय सरकारलाई केही हदसम्म भए पनि आर्थिक भार कम पर्नुका साथै क्वारेन्टिनमा रहेकाहरूलाई सानो भएपनि सहयोग हुने उद्देश्यले बन्दाबन्दीमा कहीँ कतै पैसा भएर पनि खाजा खान नपाइने अवस्थामा दैलेख सदरमुकामको पुरानो बजार बासी युवाहरूको व्यक्तिगत आर्थिक सहयोगमा दैलेख सदरमुकाममा रहेको नारायण आधारभूत बिघालय र त्रिभुवन उच्च माध्यमिक विद्यालयमा रहेका क्वारेनटिनमा बसेकाहरूलाई खाजा खुवाएका हुन् ।

आफ्नो जन्मभूमि दैलेख भएका र कर्मभूमि भारतलाई बनाएका युवाहरूलाई यो बिपतकाे समयमा सानो भए पनि सहयोग गर्ने उद्देश्यले युवाहरू मिलेर खाजा वितरण गरिएको संयोजक मनोज भण्डारीले बताए ।

पुरानो बजार बासी युवाहरूद्वारा आफ्नो व्यक्तिगत आर्थिक लगानीमा खाजा खुवाइएको र आगामी दिनहरूमा हरेक हप्ता क्वारेनटिनमा रहेकाहरूलाई खाजा खुवाउने संयोजक भण्डारीले बताए ।

सदरमुकाम स्थित नारायण आधारभूत विद्यालय ना न पा १ र त्रिभुवन उच्च मा बिमा रहेको क्वारेनटिनमा रहेकाहरूलाई नारायण नगरपालिका वाड न १ का वाड सदस्य रमेश केसीको रोहबर मा खाजा वितरण गरेका थिए ।

समाचार