Loading... आजः २०८१, ४ कार्तिक आईतवार

अनलाइन कक्षामा सहभागी हुन स्मार्टफोन नहुदा विद्यार्थीद्वारा आत्महत्या

 कोरोना भाइरसको महामारीका कारण विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका थिए । कक्षा ९ मा अध्ययरत १४ वर्षीया छात्राले अनलाइन कक्षा लिनका लागि स्मार्टफोन नपाएपछि आत्महत्या गरेकी छन् ।

अनलाइन कक्षामा सहभागी हुन परिवारले स्मार्टफोन उपलब्ध गराउन नसकेपछि भारतको केरला राज्यमा एक छात्राले आत्महत्या गरेकी हुन् । मृतक छात्रा बाबुआमा बालाकृष्ण र शिबासँग केरला भलन्चरी नजिक मंगेरी क्षेत्रमा बसोबास गर्दै आएकी थिइन् ।

दलित परिवारकी ती बालिका गभर्मेन्ट हायर सेकेण्डरी स्कूल, इरिमविलियमकी विद्यार्थी थिइन् । बालिका गत साताको सोमबार साँझ ४ बजेदेखि हराएकी थिइन्। त्यसको केही समयपछि घरभन्दा १ सय मिटर टाढा उनको शब भेटिएको थियो ।

बालिकाको आमाबाबुले बालिकाले अनलाइन कक्षामा सहभागी हुन नसकेका कारण आत्महत्या गरेको बताएका छन् ।  उनीहरुका अनुसार देविका मेहनती छात्रा थिइन्, र उनले कक्षा ९ को अनलाइन कक्षाहरु छुटेको सहन नसकी आत्महत्या गरेकी हुन् । उनको घरमा स्मार्टफोन र टेलिभिजन छैन । – एजेन्सी