छेडागाडका २ जनामा कोरोना सङ्क्रमण
रामप्रसाद शर्मा
जाजरकोट ः जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १२ का दुई जनामा कोरोना सङ्क्रमण भएको छ ।
जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं. १२ को रहेका ४६ जनाको ज्येष्ठ १८ गते स्वाब सङ्कलन गरी कर्णाली प्रदेश महाँसाखामा पठाइएकोमा उनीहरूको स्वाब परीक्षण गर्दा २ जनामा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
भारतबाट आएका छेडागाड नगरपालिका वडा नं १२ का ३५ वर्षीय र सोही वडाका ५० वर्षीय पुरुषमा कोरोना भाइरस भएको नगरपालिकाले जनाएको छ ।




