पहिरोले घर पुरिएपछि परिवारको बिचल्ली
कृष्णप्रसाद अधिकारी
दैलेख ः जिल्लाको भगवतिमाई गाउँपालिका वडा नं ५ मा गएको पहिरोले घर पुरिँदा परिवारको बिचल्ली भएको छ ।
भगवतिमाई गाउँपालिकाको भौगोलिक अवस्था हेर्दा बर्सेनि पहिरोको जोखिम देखिन्छ त्यसैमा असारे विकासले गाउँ नै पहिरोको जोखिम रहने गरेका उदाहरण धेरै छन् । विकास निर्माणका काम गर्दा भौगोलिक अवस्थालाई नहेरी सडक बनाउँदा बर्सातमा गाउँहरू पहिरोमय हुन्छन् भने सुख्खा समयमा धुलाम्मे हुने गर्दछन् ।
असारको महिना मनै यसरी पहिरो जान थाले पछि गाउँमा बस्ने नागरिकहरूमा निराशा छाएको छ । स्थानिहरुका अनुसार कोरोनाको महामारी जता ततै छ । त्यसैमा घरमा पहिरो आउँले डरले दिनरात निद्रा लाग्दैन ।
घर माथिबाट एकासी पहिरो आए पछि नरु शाही र अमर शाहीको घरमा क्षेती भएको छ । समयमा नै पहिरो गएको थाहा पाएपछि परिवारलाई उद्धार गरी नजिकैको विद्यालयमा राखिएको छ । भने कसैलाई आफन्तको घरमा राखिएको वडा नं ५ का वडा अध्यक्ष कृष्णबहादुर शाहीले बताएका छन् । उनका अनुसार श्री जनप्रिय आधारभूत विद्यालय सहित यस क्षेत्रका करिब १० घर जोखिम रहेका छन् , किसानले लगाएको धान,र मकै खेतीमा क्षेती पुगेकोले उनीहरूलाई समस्या भएको छ ।




