दुग्ध विकासका लागि विपन्नलाई भैँसी वितरण
दैलेख ः दैलेखमा दुग्ध विकासका लागि विपन्न बर्गलाई भैँसी वितरण गरिएको छ ।
जिल्लाको नारायण नगरपालिकाका भित्रका १२० जना बिपन्न बर्गलाई भैँसी वितरण गरिएको हो । प्रदेश सांसदले खर्च गर्ने पाउने अति विपन्न दलित परिवार लक्षित कोष, पशु अस्पताल÷पशु सेवा कार्यालय दैलेख, नारायण नगरपालिका र राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा विपन्न परिवारलाई अनुदानमा भैँसी वितरण गरिएको छ ।
नारायण नगरपालिका वडा नः ३ का ४० परिवार, वडा नः ४ का १० वडा नः ५ का १०,वडा नः ६ का २० वडा नः ७ का २० र वडा नः ११ का २० जना गरी १२० जना अति विपन्न दलित परिवारलाई भैँसी वितरण गरिएको नगर प्रमुख रन्तबहादुर खड्का बताए । उनका अनुसार नारायण नगरपालिका भित्रका अति विपन्न दलित परिवारको आर्याजर्नमा टेवा पु¥याउने उद्देश्यले प्रदेश सांसद अम्मर बहादुर थापाले खर्च गर्न पाउने रकम ४० लाख, नारायण नगरपालिकाको ४० लाख राष्ट्रसेवक बहुउद्देश्यीय सरकारी संस्थाको २० लाख र किसानको १५ लाख, पशु अस्पताल÷पशु सेवा कार्यालयको एक करोड गरी जम्मा दुई करोड १५ लाखमा १२० वटा मुर्राक्रस जातको भैँसी वितरण गरिएको नारायण नगरपालिकाले जानकारी दिएको छ ।
कर्णाली प्रदेश सांसद अम्मर बहादुर थापाले दैलेख जिल्ला परापुर्बकाल देखी नै ददिचि ऋषिले तपस्या गरेको र दही पाउने जिल्ला भनिएर चिनिए पनि पछिल्लो समय त्यसको लोभ हुँदै गएपछि दैलेखलाई दहीमा आत्म निर्भर गर्न दुग्ध विकासको लागि आफूले अति विपन्न दलित लक्षित कोष कार्यक्रम मार्फत भैँसी वितरण गरेको बताए ।
राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था दैलेखका व्यवस्थापक भूपेन्द्र खड्काले दैलेखमा अहिले पनि जातीय छुवाछुत यथावत् रहेको र दलितले ल्याएको दूध बजारमा नबिक्ने समस्या भएको भन्दै जातीय छुवाछुत अन्त्य गर्ने तर्फ यो कार्यक्रम केन्द्रित हुने बताए । उनिहरुले अब दुध बिक्रि गर्नुपर्ने भएमा सहकारीले नै गरिद गरी सहकारीले दूध प्रशोधन गरेर दूध बाट निर्माण हुने विभिन्न परिकारका सामग्री निर्माण गर्ने र सहकारीले वितरण गर्ने गरी योजना अगाडी सारिएको छ ।
अति विपन्न दलित परिवारलाई आयआर्जन गर्न कार्यक्रम आएकोले दुग्ध विकासको लागि विपन्न बर्गलाई भैँसी वितरण गरिएको र अन्य बाकीलाई यसै हप्ता भित्र वितरण गरिने कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख तिलक पाण्डेले बताए ।




