Loading... आजः २०८३, ६ बैशाख आईतवार

रेडक्रस सोसाइटी दैलेखले ग¥यो स्वास्थ्य सामाग्री सहयोग

दैलेख ः नेपाल सोसाइटीले देशभरका नागरिकलाई सहयोग गर्दै आएको छ । जसले गर्दा विवतको समयमा नागरिको जिवन स्थरलाई केही भए पनि सहज हुनेगरेको र दैलेख जिल्ला शाखाले पनि सोहि अनुसार राहत वितरण कार्यलाई निरन्र्तता दिएको हो ।

समुदायमा आगलागी पिडीत र वर्षातका कारण घर भत्किएर पूर्ण वा आंशिक क्षति भएका घर परिवारलाई राहत वितरण गरिएको शाखाका सभापति खेमराज केसीले जानकारी दिए । उनका अनुसार जिल्लाका नारायण नगरपालिका, दुल्लू नगरपालिका, आठवीस नगरपालिका, भैरवी गाउँपालिका र महाबु गाउँपालिकाका पिडीत नागरिकलाई राहत वितरण गरिएको हो । जसमध्ये जिल्लाका ६६ पिडीत परिवारलाई राहत उपलब्ध गराइएको छ ।

नागरिकको दैनिक जीवनमा प्रयोगमा आउने गैर खाद्य सामाग्रीहरु जस्तै कम्बल, पाल, पानी राख्ने बाल्टी, भाँडासेट (थाली, खाना पकाउने तबेली, कटौरा, गिलास, डाडु पनियो) पाइन्ट कपडा, सर्ट कपडा र धोती लगायतको सामाग्री विरतण गरिएको हो । विपद्मा परेका घरपरिवारको प्रहरी मुचुल्का र वडाको सिफारिसका आधारमा राहत वितरण गरिएको सभापति केसीको भनाई छ ।

‘वडाको सिफारिस र प्रहरी मुचुल्का समयमा ल्याउन नसक्ने परिवारलाई शाखाका तर्फबाट अनुगमन गरेर आवश्यकताको आधारमा तुरुन्तै राहत उपलब्ध गराउने गरेका छौं’ केसीले दुल्लूखबरसँग भने, ‘हामी सहयोगी संस्थाको रुपमा भएकोले विपद्को कारण भएको क्षतीको पूर्ण मुल्य चुकाउन नसकेपनि केही सहुलियत हुने गरी राहत उपलब्ध गराइएको हो ।’
यस्तै शाखाले जिल्लामा अन्य विभिन्न क्रियाकलापहरु पनि संचालन गर्दै आएको छ । सोही अनुरुप आर्थिक वर्ष २०७६।०७७ मा नौमूले गाउँपालिकाका ३२ वटा खानेपानीका धारा निर्माण सम्पन्न गरेको सभापति केसीले जानकारी दिए ।
शाखाद्वारा कोरोना विपदलाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य सुरक्षा प्रत्याभुत गराउन जिल्लाका विभिन्न स्थानमा मास्क, सेनिटाइजर, सावुन लगायतका सामाग्री वितरण गरिएको केसीले बताए ।
‘नौमूले गाउँपालिका ३ मा ५३० परिवारलाई बाल्टीन, सावुन, टावेल वितरण ग¥यौं भने प्रत्येक घरधुरीमा भाँडा धोएर सुकाउने र राख्ने मसान निर्माण कार्य गरियो’ केसीले भने, ‘यस्तै जिल्लाका अन्य स्थानीय तहमा पनि कोरोना सँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम र आवश्यक सामाग्री वितरण गरिएको छ ।’ जिल्ला प्रशासन कार्यालय दैलेखसँगको सहकार्यमा जिल्लाका तीन सय परिवारलाई राहत माग गरिएको उनले जानकारी दिए । साथै उनले कोरोना प्रभावित परिवारका लागि सहायोग माग गर्दै कोरीयन सरकारसमक्ष प्रस्तावना पेश गरिएको बताए ।

समाचार