सेनिटरी प्याड खरिदको कमिशनमा नारायण नगरपालीका
पञ्चकोशी सम्वाददाता
दैलेखः दैलेखको पुरानो जेठो नगरपालिका रूपमा परिचय बनाएको नारायण नगरपालिका कार्यालय दैलेखले विद्यालयको लागि आबश्यक पर्ने सेनिटरी प्याड खरिद गर्ने क्रममा कमिशनको लोभमा आफै सामान खरिद गरेको पाईएको छ ।
करिव २१लाख ६९हजार रकम बराबरको सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन बमोजिम खरिद गरिनु पर्ने उक्त सेनिटरि प्याड खरिद नारायण नगरपालिका शिक्षा इकाई र नारायण नगरपालिका कार्यालय दैलेखले नारायण नगरपालिका स्थित १७ वटा विद्यालयहरूलाई जम्मा बिद्यार्थी सख्याका आधारमा रकम जम्मा गरेको र सोही विद्यालयले उक्त सेनिटरी प्याड आफैले खरिद गर्नुपर्ने गरि उपप्रमुखको सयोजकत्वमा रहेको समितिले निर्णय गरेता पनि, नारायण नगरपालिका कार्यालयले आबश्यक खरिद प्रक्रिया मिचेर कमिशनको लोभमा सुर्खेतको एक रारा मेडिसिन सप्लायर्सबाट सामान खरिद गरेको पाईएको छ ।
विद्यालय आफैले खरिद गर्नुपर्ने सेनिटरि प्याडमा नारायण नगरपालिका कार्यालय दैलेखले आफै सप्लायर्ससङ्गको सेटिङ्गमा सामान खरिद गरि आफै ल्याउनुमा कमिशनको चक्करमा रहेको प्रष्ट देखिन्छ । नारायण नगरपालिका भित्र रहेका विद्यालयहरूमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूका लागि सेनिटरि प्याड खरिदको लागि गत बर्षनै कार्यक्रम आएको थियो ।
सेनिटरि प्याड खरिद गर्नका लागि नगरभित्रका १७ वटा बिद्यालयहरूका खातामा रकम जम्मा गरेतापनि सम्बन्धित विद्यालयहरूलाई जानकारी नदिई एक्कासि उक्त सेनिटरि प्याड खरिद गरि विद्यालयलाई सामान थमाउन र खातामा जम्मा गरिदिएको रकमको चेक जारि गर्न नारायण नगर शिक्षा इकाई र नारायण नगरपािलका ताकेता गरिरहेको पाईएको छ । विद्यालयको खातामा आएको सेनिटरी प्याड खरिदको लागि रकम आयसङ्गै विद्यालय आफै खरिद गर्न लागिरहको अवस्थामा एक्कासि सप्लायर्सले रकम भुक्तानिको लागि आएको सदरमुकाम स्थित त्रिभुवन माबि दैलेखका प्राचार्य निरक तारामिले बताए ।
नारायण नगरपालिका शिक्षा इकाई आफुले उक्त प्याड खरिद प्रक्रियामा नगरस्थित १७ विघालयका खातामा रकम जिम्मा गरिदिएको र ईकाईले आबश्यक समन्वय गरेको नारायण नगर शिक्षा ईकाई प्रमुख हिमालयजग शाहीले बताए । समय अभावका कारणले नारायण नगरले टेन्डर आब्हान गर्न नसकेको कारणले नगरस्थित विद्यालयहरूलाई विद्यालयकै खातामा रकम जम्मा गरि सबैमा एकरुपता ल्याउन र विद्यालयले आफै खरिद गर्दा एकरुपता नआउँने कारणले नारायण नगरपालिकाले समन्वय गरी सामान खरिद गरिएको नारायण नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत छबिलाल नेपालीले बताए ।
कमिशनको चक्करमा सबै विद्यालयहरूले खरिद गर्नु पर्ने सेनिटरि प्याड खरिदमा विद्यालयहरूलाई कुनै जानकारी नगराई,सार्वजनिक खरिद ऐन र कार्यबिधिको धज्जि उडाउदै मोटो कमिशनको चक्करमा नारायण नगरपालिका कार्यालय दैलेखले सामान खरिद गरेको खुल्न आएको छ ।




