Loading... आजः २०८२, २९ फाल्गुन शुक्रबार

बाढिले खेत बगाउदा किसानहरु चिन्तित ।

 दिपेन्द्र कार्की बस्ताकोटी,
दैलेख ः दैलेखको तराई भनेर चिनिने आठबिस नगरपालिका अन्तरगत १ नम्बर वडाको चिनेज्युलामा विभिन्न समयमा आएको वाढिले खेत बगाउदा किसानहरु चिन्तित बन्न पुगेका छन । गडाज्युला भन्नु मात्रै धान झुलेका चिन्या भन्ने दैलेखी उखानै छ ।

रमाइलो र मलिलो माटो भएको र वर्षभरी भात खाने खेत बाढिले बगाउदा तथा भएको जमिन माथिबाट बगेर आएको ढुंगामाटोले पुरिदा मन अमलिो बन्न पुगेको छ । मानो खाएर मुरी उव्जाउने समयमा रोपाई गरिसकेका तथा गर्नको लागी तयारी अवस्थामा रहेका खेतहरु माथिबाट आएको बाढि तथा भुक्ष्यले खेत पुरिदिदा किसानहरु मर्कामा परेका हुन ।

राकमकर्णाली,चिनेज्युला तथा गडाज्युला र पादुका क्षेत्र धान उत्पादनका लागी महत्वपुर्ण क्षेत्र मानिन्छन । अहिले पछिल्लो समय पहाडमा बाटो विकासका नाममा डाँडापाखा र खोलानालामा डोजर लगाएत खन्ने प्रविधिले वर्षायामको पानीले माटो बगाउने र थुपार्ने कारण यो समस्या उत्पन्न भएकमो सर्वसाधारणहरुको भनाइ रहेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने आठबिस नगरपालिकाको १ नम्बरमा चिने ज्युलाको खेतमात्र बगाएको छैन सो स्थानको पक्कि पुल समेत यतिवेला धरापमा परेको छ । पुलको दायाबाया का खेतहरु बगाएको छ भने पुल समेत बाढिको चपेटामा परेको छ ।

चिने ज्युलाको खेतमात्र नभएर बाँकी रहेका खेतहरु रोप्नका लागी कुलो समेत बगाएको छ । अर्कोतिर मध्यपहाडी लोकमार्गको सडक दायाँबाया रहेका खोला किनारका पशलहरु र घरटहराहरुपनि भत्काएर खोलाले क्षति पुगाएको छ ।

आफुहरु समस्यामा परेको तथा त्यसको लागी सम्बन्धित निकायले ध्यान दिनुपर्ने र राहतको लागी उचित पहल गरिदिनुपर्ने पिडित किसानहरुको माग रहेको छ । समस्याको बारेमा आठबिस नगरपालिा १ का वडाध्यक्ष पर्वसिंह विश्वकर्माले भने आफुले त्यो क्षेत्रको वेलावेलामा अनुगमन गरिरहेको र पिडित किसानहरुको घाउमा मलम लगाउनको लागी प्रयास भइरहेको बताए ।
यसरी राज्य स्तरबाट भौगोलिक अवस्थाको बारेमा आवश्यक गुरुयोजना विना जथाभावि विकासको नाममा सस्तो लोकप्रियता बटुलेर सडक निर्माण गरिदा आज देशका विभिन्न स्थानमा यस्ता विपत्तिको सामना गर्नुपरिरहेको छ । यस्ता विपत्तिमा परेका मानिसहरुको घाउमा मलम लगाउन सक्नु चुनौतिको विषय हो ।