सलहले वाली नष्ट गरेपछि किसान निराश
कृष्णप्रसाद अधिकारी
दैलेख ः जिल्लाको पूर्वी भागमा पर्ने भगवतिमाईका किसानहरू निराश बनेका छन् । सलहले बाली नष्ट गरेपछि उनीहरू निराश बनेका हुन् ।
करिब १५ दिन अगाडी यो क्षेत्रमा प्रवेश गरेको सलहको २ वटा झुन्ड अहिले पनि यस क्षेत्रका बाली तथा बोटबिरुवामा क्षेत्री गरिरहे पछि किसान निराश भएको खुल्न आएको हो ।
कर्णाली प्रदेशको ९ जिल्लामा प्रवेश गरेको सलहले दैलेख भगवतीमाई गाउँपालिकाका मात्र ३५ प्रतिशत मकै तथा धान बाली नष्ट गरेको छ । कृषि विकास कार्यालयका अनुसार सलह दुई साता अघि दैलेखको पश्चिम क्षेत्र बाट पूर्वमा गएको र पूर्वी भागमा गएपछि अग्लो लेकमा कुहिरो लागेको ले अन्त्र जान नसकेर त्यस क्षेत्रमा बसिरहेकोले किसानले लगाएका वालिमा क्षेत्री पु¥याएको जानकारी दिएको छ ।
कोरोनाको कारण समस्यामा परेका किसानलाई सलहले झनै समस्या निम्ताएको र दैलेख जिल्लाको तुलनामा पूर्वी भागमा पर्ने भगवतिमाई गाउँपालिकाको वडा १,२,३,४ मा बढी क्षति पुन¥याएको बताउँदै कृषि विकास कार्यालयका निमित्त कार्यालय प्रमुख तिलक पाण्डेले यसको नियन्त्रणको लागि विभिन्न उपायहरू अपनाउन किसानलाई सल्लाह दिइएको साथै किसानले लगाएको वालिमा बिषादि प्रयोग भने प्रभावकारी हुन नसकेको बताए ।
सलहका कारण मकै बाली तथा धान बाली नष्ट गरेको सूचना पाएपछि कृषि विकास कार्यालय दैलेख बाट प्राविधिक टोली पठाएर क्षतिको विवरण सङ्कलन गरिरहेको छ । भने भने जिल्लाका ११ वटै स्थानीय तहमा प्राविधिक टोली पठाएर क्षतिको तथ्याङ्क सङ्कलन सुरु गर्ने तयारीमा कृषि कार्यालयले गरेको छ ।
साउनको महिनामा सुनसान हुने गाउँहरू अहिले जताततै सलह धपाउनकै लागि थाल , ड्रम, दमाह बजिरहेका हुन्छन् ।
बारी नजिकै आगो बालेर सलहलाई धपाउन खोजे पनि सलह यसै क्षेत्रमा बसोबास गरेकाले नियन्त्रण गर्ने कठिन भएको । भगवतीमाई गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष कृष्ण बहादुर थापाले बताए । सलहले कमलो बाली मकैको टुप्पा, धान, कोदो तथा तरकारीमा धेरै क्षति गर्ने गरेपछि अब वर्ष भरी पुग्ने खाद्यान्नको जाहो कसरी गर्ने भन्ने चिन्तामा रहेको भगवतीमाई वडा २ का नरेन्द्र रेग्मीले बताए ।
भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले सलह किरा धपाउन किसानले विभिन्न उपायहरू अवलम्बन गर्दा समेत सलह भगाउन नसकेको बताए । उनले केही किसलाले दुई बोरा सलह छोपेर खोलामा बगाएको बताए । उनले भने किसलाले लगाएको बाली मकै ,धान खेती र कोदो खेतीमा क्षति गरेको छ किसान चिन्तित बनेका छन् गाउँपालिकाले पनि सबैलाई राहत दिन सक्ने अवस्था नभएका कारण क्षतिको विवरण आएपछि अन्य निकाय सँग समन्वय गर्ने तयारी गरेको जानकारी दिए ।
भारतको राज स्थानदेखि ३ ओटा झुन्ड प्रवेश गरेको कर्णालीमा हाल सम्म ३ सय ७० हेक्टर क्षेत्रफलमा लगाएको बालीनालीमा क्षति गरिएको अनुमान गरिएको छ । सलहको झुन्डले हाल सम्म कर्णालीमा करिब १५–२० प्रतिशत सम्म बालीनालीमा क्षति गरेको अनुमान गरिएको हो ।
सलहको झुन्ड केही हप्ता अघि मात्र सुर्खेतको छिन्चु हुँदै प्रवेश गरेको थियो । ठुलो मात्रामा प्रवेश गरेको सलह कीराको झुन्डले बढी मात्रामा सुर्खेत र दैलेखमा नोक्सानी गरेको प्रदेश सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । हाल सम्म सुर्खेतको भेरीगंगा नगरपालिकाको रामाघाट लगाएका क्षेत्रमा करिब १ सय हेक्टर क्षेत्रफलमा लगाएको मकैमा करिब २० देखि ३० प्रतिशत क्षति गरेको छ यस्तै छिन्चुमा ३० हेक्टर क्षेत्रफलमा लगायतको बालीनालीमा करिब १५ प्रतिशत क्षति गरेको आंकलन गरिएको भूमि,व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी धनबहादुर कठायतले जानकारी दिए ।
यस्तै वीरेन्द्रनगर नगरपालिका–१२ को १५ हेक्टर क्षेत्रफल जमिनमा लगाएको बालीनालीमा करिब १५ प्रतिशत नोक्सानी गरेको छ,’ उनले भने, ‘यी स्थानमा मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माको टोलीले अनुगमन गरेको हो ।’ सुर्खेतको वीरेन्द्रनगर हुँदै दैलेख प्रवेश गरेको सलहको झुन्डले दैलेखका नौमुले र भगवतीमाई गाउँपालिकामा पनि नोक्सानी गरेको छ ।
नौमुलेमा ८० हेक्टर र भगवतीमाई गाउँपालिकाको १ सय ६० हेक्टर क्षेत्रफल जमिनमा करिब ३५ प्रतिशत सम्म क्षति गरेको आङ्कलन गरिएको सलह किरा नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य घनश्याम कार्कीले बताए । त्यहाँ आजभोलि पनि क्षति गरिरहेको छ,’ उनले भने, ‘यस्तै सल्यान र रुकुम पश्चिमका केही क्षेत्रमा केही मात्रामा सलहले क्षति पुन¥याएपनि क्षतिको डाटा नआएको बताईएको छ ।’




