Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

दैलेखलाई सुन्दर बनाउदै युवाहरु

कृष्णप्रसाद अधिकारी
दैलेख ः दैलेख जिल्लाको सदरमुकाम फोहोरले दुर्गन्धित बन्दै गएको बेला दैलेखका युवाहरू सुन्दर सदरमुकाम लगायत जिल्लालाई नै सुन्दर बनाउन लागि परेका छन् ।

“जब सफा हुन्छ दैलेख अघि बढ्छ दैलेख” भन्ने नारा सहित २०७५ साल मङ्सिर ९ गते दैलेख सदरमुकाम बजारमा नारायण नगर पालिकाका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काबाट उद्घाटन भई सुरु भएको क्लिन सिटी अफ दैलेख अभियानले दैलेख सदरमुकाम क्षेत्र लगायत अन्य शाखा बजारको फोहोर सङ्कलन गर्न कन्टेनर सहयोग हस्तान्तरण गर्दै आइरहेको अवगत नै छ ।

जिल्लाको केन्द्र समेत रहेको दैलेख सदरमुकामलाई स्वच्छ सुन्दर बनाउन युवाहरू यतिबेला मरिमेटी लागेका छन् ।

बिहीबार दैलेख सदरमुकाममा सफा र सुन्दर दैलेख बनाउनको लागि एक कार्यक्रमका बिच क्लिन सिटी अफ दैलेखले नारायण नगरपालिका वडा नम्बर १ लाई कन्टेनर हस्तान्तरण गरिएको छ । क्लिन सिटी अफ दैलेखका संयोजक राजेशकुमार हमालले नारायण नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ (ध्रुब) लाई कन्टेनर हस्तान्तरण गरेका छन् ।

नारायण नगरपालिका वडा नं १ का वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले क्लिन सिटी अफ दैलेख धन्यवाद दिँदै भने उहाँहरूले हामीलाई फोहोर व्यवस्थापनमा सहयोग गर्ने भएको छ , उहाँहरूले दिएको कन्टेनर व्यवस्थित भएकोले हामीलाई झनै सहयोग पुगेको छ । सदरमुकाम धेरै फोहोर निस्कने ठाउँमा राखिने र त्यहाँ सङ्कलन भएको फोहोर नगरपालिकाले व्यवस्थापन गर्ने भएकोले सदरमुकाम सफा बनाउन ठुलो सहयोग पुगेको धारण राखे ।

दैलेख सदरमुकाम बजारमा बाह्य तथा आन्तरिक पर्यटनको बाक्लो उपस्थिति हुने र बजारमा अन्य क्षेत्रको भन्दा जनघनत्व पनि बाक्लो रहेकोले फोहर व्यवस्थापन गर्न केही कठिनाइ हुने भएकोले विभिन्न प्रकारका फोहरलाई एकै ठाउँमा फाल्दा र विसर्जन गर्दा समेत समस्या आउने कुरालाई मध्य नजर गर्दै जल्ने, नजल्ने तथा कुहिने नकुहिने विभिन्न प्रकृतिका फोहरलाई फरक फरक कन्टेनरमा राखी सजिलै व्यवस्थापन गर्ने उद्देश्यले कन्टेनर वितरण गरिएको अभियानका सह संयोजक अभिषेक अनुरागले बताए ।

समाचार