प्रचण्डकाे सुरक्षामा खटिएका ६ जनामा कोरोना पुष्टि
काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निजी सुरक्षा दलका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सचिवालयका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीमा भने सङ्क्रमण पुष्टि भएको छैन । कोरोना पुष्टि भएका उनीहरुको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा परीक्षण गरिएको थियो ।




