विप्लवका जिल्ला सदस्य ‘सुदर्शन’ पक्राउ

दैलेख ः आठबीस नगरपालिका–६ सिंगासैन गाउँस्थित आफ्नै घरमा सुतिरहेको बेला प्रहरीले विप्लव नेतृत्वको नेकपाका एक जिल्ला कमिटीका सदस्य उदयराम बिश्वकर्मा ‘सुदर्शन’ लाइ आइतवार विहान पक्राउ गरेको छ ।
उनलाई पक्राउ गरिएको बारे सोध्दा उनको बारेमा सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी हरिबहादुर ओलीले बताए ।
विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज ‘दिपेन्द्र’ले घटनाको विषयमा एक प्रेस विज्ञप्ती जारी गर्दैै कोरोनाको महामारी र बाढी पहिरो जस्तो विपद पीडित नागरिकको सहयोगमा जुटेको बेला ‘सुदर्शन’को पक्राउीको निन्दा गरेका छन् ।
नेकपाका जिल्ला इञ्चार्ज ‘दिपेन्द्र’ले अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष समेत रहेका पार्टी जिल्ला कमिटी सदस्य उदयराम बिश्वकर्मा ‘सुदर्शन’को बिना सर्त रिहाईको लागि पहल गरी दिन मानव अधिकारवादी, पत्रकार र नागरिक समाजसंग आग्रह समेत गरिएको नागरिक समाजले जनाएको छ ।




