एकजना कर्मचारिमा काेराेना देखिएपछि बाणिज्य बैक दैलेखकाे सेवा बन्द

कुमार प्याकुरेल , दैलेख दैलेखकाे राष्ट्रिय बाणिज्य बैकका कार्यरत एक कर्मचारिमा काेराेना पाेजेटिभ देखिएयसगै बाणिज्य बैक दैलेख शाखाले सेवा बन्द गरेकाे छ । बैकका कार्यरत तेह्र जना कर्मचारिहरूमा गरिएकाे पिसिअार परिक्षणमा बैकमा एकजना कर्मचारिमा काेराेना पाेजेटिभ भेटिएसङ्गै बैकले अन्य अाफ्ना कर्मचारि लगायत सेवाग्राहिहरूमा सक्रमण फैलन नदिनका लागि बैकका सम्पुर्ण सेवाहरू अर्काे सुचना जारि नभएसम्मका लागि बन्द गरिएकाे शाखा प्रबन्धक चेतन कुमार बिसिले जानकारि दिए ।




