Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

बाढी पहिरोप्रति सतर्कता

यतिबेला नेपालमा कोरोनाका कारण जनजीवन प्रभावित बनिरहेका छ । अर्कोतर्फ बाढी र पहिरोले सर्वसाधारणको दैनिकी प्रभावित बनिरहेको छ । नेपाल यस्तो देश हो जहाँ पहाडमा पहिरो र तराईमा बाढीले प्रत्येक वर्ष सताउने गर्दछ ।

बाढी, पहिरो र डुबानबाट कैयौंको ज्यान जाने गर्छ । यस्ता प्रकोपबाट सास्ती बेहोर्नेको संख्या अत्याधिक छ । प्राकृतिक प्रकोप रोक्न त सकिन्न तर त्यसबाट हुने क्षति न्यूनीकरणका लागि तयारी गर्न सकिन्छ ।

तर हामीकहाँ प्रभावकारी रूपले विपद् व्यवस्थापन हुन सकेको छैन, जसका कारण जनधनको अत्यधिक क्षति भइरहेको छ । बर्षातसँगै दैलेखका विभिन्न स्थानमा पहिरो गईरहेका छ । कयौ घरहरु पूर्ण रुपमा क्षती भएको छ । पछिल्लो समयको लगातारको बर्षातका कारण कर्णाली नदिमा पानीको सतह बढेको छ । नदि किनारमै रहेका स्थानहरु जोखिममा परेको छ ।

खेतीयोग्य जमिन डुबानमा परेको छ । अनुसार आठबीस नगरपालिका–३ जाक्सी देखि मध्यपहाडी राजमार्ग अन्तरगर्त कर्णाली नदिमा बनको दैलेख अछाम जोड्ने पक्की पुलसम्मको खेतीयोग्य जमिन डुबानमा परेको छ । प्राकृतिक विपद्लाई पूर्ण निषेध वा नियन्त्रण गर्न सकिदैन । प्राकृतिक प्रकोपहरू कसैले रोकेर रोक्न सक्दैन तर विपद्हरूको जोखिम न्यून गर्नचाहिँ सकिन्छ ।

मानवीय, भौतिक क्षति कम गर्न प्रारम्भमै तयारी गर्न सक्ने हो भने प्राकृतिक विपद्ले निम्त्याउने असर कम गर्न सकिन्छ । विपद्लाई व्यहोर्नैपर्छ । तर यसलाई व्यवस्थापन गर्ने उचित उपाय अवलम्बन समयमै गर्न सकिए, यसवाट हुने हानि न्यूनीकरण गर्न भने सकिन्छ । क्षति कम गर्न बाढी, पहिरो, डुबानजस्ता प्रकोपको मारमा पर्न सक्ने बस्ती तथा क्षेत्रको पहिचान गरी आवश्यक तयारी गर्नुपर्छ ।

नदी, खोलानजिकका बस्तीमा पनि सोहीअनुसारको तयारी आवश्यक छ । विपद् हरेक वर्ष आइपर्छ । विपद् न्यूनीकरणका लागि भौतिक संरचना निर्माणका मापदण्डलाई पनि पूर्णरूपमा कार्यान्वयन गराउनुपर्छ । विपद् व्यवस्थापनलाई राहतसँग मात्र नजोडेर दीर्घकालीन समस्या समाधानका उपाय पनि खोज्नु आवश्यक छ ।

समाचार