Loading... आजः २०७८, ५ असार शनिबार

कोरोना कहरमा पनि बर्षे मेला, सकियाे यस बर्षकाे जात्रा

दैलेख ः जिल्लामा एक महिनासम्म सञ्चालन हुने बर्षे मेला (लाखे जात्रा) समापन भएको छ । विशेषगरी भगवान् कृष्णको जन्मलीलासँग सम्बन्धित यो मेला अवधिभर मौलिक कला संस्कृति प्रदर्शन गरिन्छ । घण्टाकर्ण पर्वमा सुरु हुने मेला श्रीकृष्ण जन्माष्टमीमा भगवान कृष्णको जन्मसँगै लाखेको बध गरी समापन हुन्छ । विशेषगरी नेवार समुदायले मनाउँदै आएको यो मेलाबाट पछिल्ला बर्षहरुमा सबै समुदायका मानिसले मनोरञ्जन लिने गरेका छन् ।
विगतका बर्षहरुमा निकै रौनक हुने यो मेला यस बर्षभने विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण प्रभावित बनेको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखमा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुगेको छ । स्वास्थ्य सेवा कार्यालयको तथ्यांकमा ९ सय ९ सय १४ जनाले कोरोना जीतेर घर फर्किएका छन् ।
समुदाय स्तरमा कोरोना संक्रमितहरु देखिन थालेपनि मेला प्रभावित बनेको हो ।

विगतका बर्षहरुमा जिल्लाका विभिन्न स्थानीय तहबाट मेला अवलोकन गर्न आउने दर्शकको भीड लाग्थ्यो । यस बर्षको बर्षे मेला (लाखे जात्रा) अन्तरगर्तका गाई जात्रा, बाघ जात्रा, टाकटुके जात्रा लगाएतका जात्राहरु प्रभावित बनेका थिए । स्थानीय युवाहरुले जात्रा भौतिक दुरी कायम गरेर जात्रा निकाल्ने प्रयास गरेपनि बर्षातका कारण जात्रा रोकिएको स्थानीय क्लवहरुले बताएका छन् ।

दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले दैलेखमा एक महिने बर्षे मेला संचालन गर्दा कोरोना संक्रमण बढ्ने भएका कारण सबै मेलामा रोक लगाएको बताए । उनले दैलेखमा कोरोना संक्रमणका कारण उच्च जोखिममा रहेको बेला मेला महोत्सव आयोजना गर्दा झन् जोखिम बढ्ने भएपछि जिल्लामा संचालन हुने एक महिने वर्षे मेला बन्द गरिएको बताए ।

यो मेलाले धार्मिक, साँस्कृतिक, तथा सामाजिक सद्भाव कायम गरेको सामाजिक अगुवाहरू बताउँछन् । यो मेलालाई खेतबारीमा व्यस्त भएका किसानले मनोरञ्जन लिने अवसरको रूपमा पनि लिइन्छ । न्यु्ज्वाला क्लब पुरानो बजार, भगवती युवा क्लब भगवती टोल, एभरेष्ट क्लब नयाँ बजार र सुनगाभा युवा क्लब गणेश टोल लगायत स्थानीय क्लबहरूले यो वर्ष मेला सञ्चालन गर्ने गरेका छन् ।


सम्बन्धित समाचार