बालविवाह न्यूनिकरण गर्न सामुहिक प्रतिबद्धता
रामप्रसाद शर्मा
जाजरकोट ः जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं २ मा बाल विवाहको न्यूनिकरणको लागि सामुदाहिक प्रतिवद्धा गरिएको छ ।
शुक्रबार भएको सेव द चिल्ड्रेनको अर्थिक सहयोगमा भएको कार्यक्रममा छेडागाड नगरपालिका वडा नं २ का वडा अध्यक्ष एव्म वडा बाल संरक्षण समितिका अध्यक्ष बालकृष्ण बुढाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बालविवाहा न्युनिकरण गर्नृका् लागि ७ बुदे सामुहिक प्रतिबद्धता गरिएको अध्यक्ष बुढाले बताए ।
उनका अनुसार सरोकारवाला संगको सामुदायि प्रतिबद्धतामा वडा भित्रका प्रत्येक टोल, सुमुदाय तथा विद्यालयस्तरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी जनचेतना फेलाउने, आजको मिति सम्म भइसेका बालविवाहको हकमा २० बर्ष नपुगुन्जेल बच्चा जन्माउन नदिने निर्देशन दिने, उमेर नपुगी विवाह गरिएको भएमा सामापजक बहिस्कार गर्ने, जनप्रतिनिधि तथा वडा बाल संरक्षण समितिले बाल विवाह विरुद्ध अभियान सञ्चालन गर्ने, वडा स्तरबाट बाल विवाहमा संलग्न दम्पतीको अभिभिवक पत्राचार गर्ने तथा नभएकाहरुको हकमा पनि बाल विवाह नगर्न नगराउनका लागि पनि पत्राचार गर्ने, वडा बाल संरक्षण समितिको बार्षिक कार्ययोजाना बमोजिम कार्यक्रमहरु संचालन गर्ने, यदि कोही कसैले कानुनको अवज्ञा गरी बाल विवाह गरेमा कानुन अनुसार कारर्वाही अडागि बडाउने सहितका प्रतिबद्धतामा सामुहिक हस्ताक्षर गरिएको वडा अध्यक्षले पञ्चकोशीलाई जानकारी दिए ।




