Loading... आजः २०८१, २९ माघ मंगलवार

दैलेखमा विहीबार देखि पुन निषेधाज्ञा

कुमार प्याकुरेल
दैलेख ः कोभिड १९ को सक्रमण जिल्लामा फैलन नदिन र थप सजकता अपनाउन स्थानिय प्रशाशनले निषेधाज्ञा जारि गरेको छ ।
बिश्वभर महामारिको रूपमा फैलिएको कोभिड १९ को सक्रमणबाट दैलेख जिल्लामा हालसम्म ९७२ जनामा सक्रमण देखिएको र सक्रमित मध्ये तिनजनाको ज्यान गईसकेको अवस्थामा रोग फैलन नदिन साथै थप सजकता अपनाउन स्थानिय प्रशाशनले मिति २०७७।५।४ गते दिउसो २ बजेदेखि २०७७।५।७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारि गरेको छ ।
सो निषेधाज्ञामा कोरोना भाईरसको सक्रमण फैलन नदिन सजकता अपनाउन सक्रमणको बिस्तारलाई रोक्न तथा सचेतनामुलक र प्रवद्वनात्मक कार्य गर्न जरूरी रहेको ठानी स्थानिय प्रशाशनले यस्तो निषेधाज्ञा जारी गरेको हो ।

विशेष त नेपालीहरूको मुख्य चाडपर्वहरू खासगरी तिजपर्व नजिकिदै गर्दा हुने भिडभाडका कारण कोभिड–१९ को सक्रमण थप फैलन नदिन सोको प्रभावकारी रोकथाम र नियन्त्रणका लागि जिल्ला भरी प्रतिकुल प्रभाव पार्ने कुनै किसिमको गतिबिधि हुन।

गर्न नदिन आवश्यक सेवा जस्तै औषधि पसल, अस्पताल तथा स्वास्थ्यकेन्द्र खानेपानी बिघुत फोहोरमैला ब्यबस्थापन बाहेकका अन्य कुनै सेवाहरू स्थानिय प्रशाशन ऐेन २०२० को दफा ६९३० तथा सक्रामक रोग एेन २०२० को दफा २ बमोजिम जिल्लाको पुर्वमा जाजरकोट जिल्लाको सिमाना, पश्चिममा कालिकोट र अछाम जिल्लाको सिमाना उत्तरमा कालिकोट जिल्लाको सिमाना र दक्षिणमा सुर्खेत जिल्लाको सिमाना भित्र कुनै पनि गतिबिधि नगर्न नगराउन  आदेश जारी गरेको छ ।साथै आदेश उल्लंघन गर्ने ब्यक्तिलाई प्रचलित कानुन बमोजिम कार्वाही गरिने ब्यहोरा समेत विहीबार जिल्ला प्रशासन कार्यलय दैलेखको  जारी गरेकाे सुचनामा उल्लेख गरीएको छ ।

जिल्ला प्रशासन कार्यालय दैलेखद्धारा जारी गरिएको सुचना हेर्नुहोस ।