दैलेखमा नव उघम तर्फ युवाहरू
दैलेख, पछिल्लो समय दैलेखमा नव उघम तर्फ युवाहरूको आकर्षण बढ्दो छ ।
स्थानिय प्रहरिको अनुसार पछिल्लो समय दैलेखका केही युवा युवतीहरू लागू औषतको दुर्ब्यसनिमा फसेको तथ्याङ्ममा रिपोर्टमा देखियतापनि दैलेखमा पछिल्लो समयमा केही युवाहरूको नव उघमतर्फ आकर्षण बढेको छ ।
दैलेखको पछिल्लो समय प्रहरिको मासिक प्रतिबेदन हेर्ने हो भने दैनिक जसो घरेलु हिसाजन्य घटना घटिरहेको छन्,उमेर नपुगि बिबाह गर्ने,लागू औषतको दुर्ब्यसेनिमा ,आत्महत्या जस्ता डरलाग्दा घटनाहरू दिनप्रतिदिन बढ्दो अवस्थामा छ ।
दैलेखका केही यु्वाहरू आफ्नो अध्ययन सगसगै आफ्नो करियर संगसगै पढ्दै कमाउदै नब उघमतर्फ लागेको पाईएको छ ।
नारायण नगरपालिका १ का स्थायी घर भएका बर्ष २२ का बिबेक केसी उनी आफु अध्ययन गर्दैछन् खाली समय उनले दैलेख सदरमुकाममा दैलेख स्नोकर हाउस सञ्चालनमा ल्यायका छन् उनले करिव दशलाख रूपयाको जोहो गरि स्नोकर हाउस सञ्चालनमा ल्यायका छन् उमेरले कच्चा भयपनि अहिलेको डिजिटिल प्रबिधिसङ्ग जोडियका उनलाई प्रबिधिले परिपक्क बनाईसकेको छ। औषत उक्त खेल खेल्न प्राय जेन्जि समुहदेखि सबै उमेर समुहका स्नोकर खेल खेल्न आउने उनले बताय,एउटा गेम खेल्न करिव आधा घण्टाको समय लाग्ने प्रति गेमको एक सय देखि एक सय पचास रूपया पर्ने,दैनिक घण्(द्धण् जना युवाहरू सो गेम खेल्न आउने र आम्दानि प्रतिदिन तीन देखि चार हजारसम्म आम्दानि हुने उनि बताउछन् ।
त्यस्तै नारायण नगरपालिका ११ का युवा हेमराज अधिकारी उनले नारायण नगरपालिका ११ काडामा करिव दुईसय रोपनीमा दुईसय पचास देखि तिनसय बोट ओखर जातको फलको बेर्ना लगायका छन्,करिव पाचलाख जत्तिको लगानिमा सञ्चालन गरियको उनको ओखर खेति अब फल दिने चरणमा पुगेको छ,औषत फल दिन थालेपछि बार्षिक छरट लाख आम्दानि हुने अधिकारी बताउछन,गाउको लेकमा पर्ने खालि बाझो जमिनमा उनले ओखर खेति गरेको देखेर अन्य युवाहरूतर्फ पनि आकर्षण बढ्दो छ ।
त्यस्तै नारायण नगरपालिका १ का अजय श्रेष्ठ र बिनय श्रेष्ठ नाताले यिनिहरू सवर्त्र दुईभाई हुन् यी दुईभाई को मेहनत देखेर अन्य युवाहरू जिब्रो काड्छन ।
सानै उमेरदेखि दुख गरेका उनिहरू पढ्दै आफ्नाृ करियर बनाउदै दैलेख बजारमा लोभलाग्दो बिजनेस सञ्चालन गरिरहेका छन्,हातले साईनबोर्ड लेख्दै सञ्चालन गरेको उनिहरूको ब्यबसाय अहिले डिजिटल प्रबिधिसङ्ग जोडीयर मनग्य आम्दानी गरेका छन्,शुरूमा हातले साईनबोड सम्म लेख्ने उनिहरूले सानो लागानि चार पाच लाख रूपया देखि शुरू गरेका उनिहरूको अहिले पच्चिस तीस लाख सम्म लगानि गरेका छन्,डिजिटल बोर्ड,आईडि कार्ड,फ्लेक्स प्रिन्ट छपाई सम्बन्धि कामहरू छापाखाना,टिसर्ट कपडामा प्रिन्ट निकाल्ने साधा पासपोर्ट साईजको फोटोदेखि रङ्गिन ठुलो ठुलो साईजको रङ्गिन फोटो धुलाउन फ्रेसमा राख्न देखि प्रबिधिसम्म जोडियका सम्पुर्ण कामहरू गर्छन् उनिहरूको मासिक आम्दानिमात्र तिनलाख देखि पाचलाखसम्म आम्दानि गर्छन ।उनिहरूको लोभलाग्दो मेहनतको सबैले प्रशंसा गर्छन ।
त्यस्तै नारायण नगरपालिका १ दैलेख बजारमा नवराज थापाले काक्रेबिहार अटोपार्स नामक ग्यारेज सञ्चालनमा ल्यायका छन्,उनले करिव पाच सातलाख रूपया लगानिमा खोलेको ग्यारेजमा अहिले पच्चिस तीस लाख लगानि जुटाईसकेका छन् लोभलाग्दो उनको ब्यबसायमा स्थानिय पाच छ जनालाई प्रत्यक्ष रोजगारि दियका छन्,दक्ष मिस्त्रि र मिठो शैलिले दिनहु ब्यक्तिगत देखि सरकारी मोटरसाईकलहरू मर्मतका लागि लाईन बस्नुपर्छ, उनको अनुमानित औसत मासिक आम्दानी करिव दुई देखि तीन लाख सम्म हुने थापा बताउछन् । थापाकै उमेर समुहका कैयन युवाहरू जिल्लामा कुलतमा फसेको कोहि बैदेशिक रोजगारिमा बिदेश पलायन भएको,कोहि युवाहरू बेरोजगारको पिडाले छटपटियका पिडामा युवाहरू छन्
जिल्लामा पछिल्लो नब उघमिहरू प्रेरणाका स्रोत बनेका छन् समाजमा उमेरसङसगै आफ्नो दायित्व र भोलीको सुन्दर भबिश्यको सपना देखेर उघममा रहेका युवाहरूले समाजमा सकरात्मक प्रभाव पारेका छन् ।





