सुत्केरीको मृत्यू प्रकरण : गाउँपालिका र वडा कार्यालयमा ताला बन्दी
दैलेख ः दैलेखको ठाटिकाँध गाउँपालिका वडा नं १ २३ बर्षिया पार्वती शाहीको समयमा उपचार नभएपछी शुक्रबार मृत्यु भएको थियो । शुक्रबार गाउँपालिकाको लकान्द्र प्राथमिक स्वास्थ्ये केन्द्रमा छोरी जन्माएकी शाहीको छोरी जन्मेको १ घण्टा भित्रै रक्तश्राव हुँदा थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रवार विहान ११ बजे लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको र दिउसो तीन बजे पार्वतीले छोरीको जन्म दिएको स्वास्थ्य केन्द्रले समयमै रेफर नगरेको र उपचारका लागि पालिकाले हेलिकप्टर वा अन्य साधनको व्यवस्था नगरिदिएका कारण पार्वतीको ज्यान गएको बताउँदै आन्दोलनमा उत्रिएको मृतकका भतिजा सर्जन शाहीले जानकारी दिए ।

उनले भने ‘हामीले अस्पताल प्रशासनलाई बारम्बार आग्रह गर्यौं । यहाँ सञ्चो हुँदैन भने रिफर गर्नुहोस हामी जिल्ला बाहिर उपचार गर्न लिन्छौं भन्यो तर स्वास्थ्य केन्द्रले मानेन । अन्तिमा अवस्थामा आउँदा रिफर ग¥यो ।
स्वास्थ्यकेन्द्र र ठाटीकाँध गाउँपालिकाको लापरवाहीले गर्दा मेरो अन्टीलेको मृत्यु भएको हो ‘हामीले पालिका अध्यक्ष धीरबहादुर शाहीलाई हेलिकोप्टरको व्यवस्था गरिदिन आग्रह गरेका थियौं । तर गाउँपालिका अध्यक्षले हेरीकप्टर आउँन नसक्ने बताए । गाउँपालिकाको एम्बुलेन्स बिग्रेका कारण साँझ ६ बजे मात्रै हामीले प्रदेश अस्पतालतर्फ विरामीलाई ल्याएका थियौं ।
शुक्रबार राती १२ बजे मृत्यू भएको प्रदेश अस्पतालका डाक्टरले घोषणा गरेको सर्जनबहादुर शाहीले बताए । ’मृतकका श्रीमान कर्णबहादुर रोजगारीको भारतमा भएको बुझिएको छ ।
शुक्रबार सुत्केरीको मृत्यु प्रकणलाई लिएर शविबार गाउँपालिकामा तनाब र्सिजना भएको छ । गाउँपालिका भित्र रहेका एम्बुलेन्स विग्रेको र समयमनै एम्बुलन्स नबनाएका कारण सुत्केरीको मृत्यु भएको स्थानियले गाउँपालिकाको कार्यालयलाइ आरोप लगाएका छन् ।
पालिकाले यस्ता जटील अवस्थालाइ पनि ब्यवास्था गर्दै गएको र ज्यानमारालाई हदै सम्मको कार्वाहीको माग राख्दै गाउँपालिका तथा वडा कार्यलयमा ताला बन्दी गरेका छन् । ११ बजे स्वास्थ्य केन्द्रमा भर्ना गरीएकी शाहीको करीब १० घण्टा सम्म अस्वताल पु¥याउन नसकिएको स्वास्थ्य केन्द्रकै लापरर्वाही भएको तथा सुत्करीको तत्काल रेफर नगरी स्वास्थ्य केन्द्रमै राखेको भन्दै वडा नं. १ को कार्यालय र गाउँपालिकाको कार्यालयमा ताला बन्दी गरीएको आन्दोलनमा उत्रका स्थानियबासीहरुले बताएका छन् ।




