दैलेखका डिएसपी ओलीको सरुवा

दैलेख ः नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो ।
जसअनुसार केही जिल्लाका प्रहरी कार्यालयका डीएसपी पनि फेरिएका छन् भने उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटीका प्रमुख पनि फेरिएका छन् ।
प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ ।
हालका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी( मा सरुवा भएको छ ।बोहोराले यसअघि महानगरीय प्रहरी वृत्त, सिंहदरबारको पनि नेतृत्व गरिसकेका छन् ।
यसै विच दैलेखका डिएसपी हरीबहादुर ओलीको पनि सरुवा भएको छ । सरुवा भए पछी ओलि जिल्ला प्रहरी कार्यालयमा जाने भएका छन् । भने जिल्ला प्रहरी कार्यालयमा दैलेखमा प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठ आउने भएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंमा कार्यरत श्रेष्ठको जिल्ला प्रहरी कार्यालय दैलेखमा सरुवा भएको हो ।





