जिल्लाको पहिचानमा जुट्यो जेसिज दैलेख

दैलेख ः दैलेख जिल्लाको पहिचानमामा दैलेख जेसिज लागि परेको छ । जिल्लामा हुने हरेका कार्याक्रम होस या कुनै नागरिकलाई आपत विवतमा समेत सहयोग गर्दै आएको दैलेख जेसिजले जिल्लाको पहिचानको लागि जिल्लामा रहेका एतिहासिक पुरातात्वीक सम्पदाको पहिचान संगै जिल्लाको पहिचानमा जुटेको छ ।
सास्कृतिक सम्पदाले भरीभराउँ दैलेखको आफ्नै महत्व रहेको र यसको पहिचानको लागि दैलेख जेसिज लागि परेको पाइएको छ ।
जिल्लामा रहेकका हरेक सम्पदाको पहिचान गर्ने सके मात्र दैलेखलाई समृद्धीको बाटोमा लम्काउन सकिने कुराको हक्का राख्दै जिल्ला भित्र भएका हरेक सम्पदा पहिचान गर्नुपर्ने भएकाले दैलेख जसिजले होडिङ बोर्ड राख्ने कार्यक्रम तय गरेको हो । जस मध्य जिल्लाका मुख्य ठाउँ गराँसे, डुङ्गश्वेर , बेलासपुरमा सोमबार बोर्ड राखिएको दैलेख जेसिज २०२० का अध्यक्ष प्रकाश पौडेलले बताए ।
जिल्ला भित्र रहेका एतिहासिक सम्पदा झल्काउने चित्र सहितको होडिङबोर्ड राखिएको छ, जिल्लामा आउने आगन्तुक तथा पर्यटकहरुले जिल्ला भित्र रहेका हरेक सम्पदाक हर्ने पाउँन भन्नको लागि कुन सम्पदा कहाँ पर्छ भन्ने खालको सन्देश होडिङ बोडले दिने र उनिहरु छिटो छरीतो हेर्न पाउने भएकाले दैलेख जेसिजले यो कार्यक्रम सुरुवात गरेका जनाएको छ ।
जिल्लामा गएका बर्षहरुमा त्यति धेरै काम नभएपनि जेसिज २०२० ले भने कोरोनाको कहरमै पनि नागरिकलाई मौसमी रुघाखोकी, कोरोना लगाएतका अन्य धेरै रोग बाट बच्नको लागि शुसुचित पार्ने देखि होडिङबोर्ड राख्ने सम्मका धेरै काम गर्दै आएको जिल्ला भित्रका नागरिकले बताउने गरेका छन् ।





