Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

बालबालिकालाई विद्यालय पोशाक सहित शैक्षिक सामाग्री बितरण

जाजरकोट ः जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं.२ का भिभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक सहित शैक्षिक सामाग्री वितरण गरिएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र पाँच तारा युवा संरक्षन मंच जाजरकोट को समन्वय मा सहयात्रा परियोजना र अबसर परियोजनाले आइतबार शैक्षिक सामाग्री वितरण गरेको हो ।

आइतबार सैक्षिक सामाग्री वितरण कार्यक्रममा ४५ जना विद्यार्थीलाई म स्कुल ब्याग १ स्कुल पोसाक १थान कापी २ दर्जन अंग्रेजी कापी १ दर्जन डा«ेइन कापी, १ दर्जन बल पेन,२ दर्जन सिसाकलम १दर्जन इरेजर १दर्जन कटर १दर्जन कलर पेन १दर्जन ज्यामिती बक्स १ पिस गरि करिब ३२०१.२९ रुपैया बराबरको सामग्री बितरन गरिएको जनाइएको छ ।

उक्त कार्यक्रममा पाँचतारा युवा संरक्षन मञ्च का सामाजिक परिचालन अधिकृत दत्त प्रसाद शर्मा र अमर नेपालीले सहजीकरण गरेका थिए । भने वडा न २ का वडा बाल संरक्षन समितिका उप–सयोजक मान्सिङ खड्काले बितरण गरेका हुन् ।

शैक्षिक सामाग्री बितरण गर्दै उनले जोखिममा रहेका बालबालिकालाई बिद्यालय पढ्न लेख्न केही राहत हुने बताए ।

 

समाचार