Loading... आजः २०८३, २७ जेष्ठ बुधबार

निर्ममतापूर्वक एक हल गोरुको हत्या, दुईजना पक्राउ


दैलेख । जिल्लाको भैरवी गाउँपालिकामा गोरुको हत्या गरेको आशंकामा दुई जना पक्राउ परेका छन् ।
 भैरवी गाउँपालिका– २ मा रहेको माँझबाडा गाउँमा बारीमा बाँधेरे राखेको अवस्थामा बिहीबार हत्या गरिएको प्रहरीले जनाएको छ ।

मकै भाँचेदेखी मल बनाउँनको लागि बारीमा बाँधेर राखेको अवस्थामा स्थानिय कलम थापाका २ वटा गोरुको आगाडिको खुट्टा र मुख काटिएको छ । बिहीबार सामान्य भनाभन भएको र रिसको झोकमा आएर गोरुको खुट्टा र मुख काटेको हुन सक्ने आशंकामा २ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

के कारणले गारुको हत्या हुन पुग्यो भन्ने बारेमा अनुसन्धान भइरेहको प्रहरी चौकी भैरवीका हवल्दार गोपीलाल खड्काले बताए । उनका अनुसार गोरुलाई खुकरी तथा खुडाले हानेको हुन सक्ने अनुमान गरिएको छ । पक्राउ परेका ती २ जनालाई इलाका प्रहरी कार्यालय दुल्लुको जिम्मा लगाइने उनले बताए ।

समाचार

सम्बन्धित समाचार