Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

‘सावधानी अपनाएर व्यवसाय चलाऔँ’

फाइल फाेटाे

दैलेख ः उद्योग बाणिज्य संघ दैलेखले आवश्यक सुरक्षा सावधानी अपनाएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समयसम्म गरिएको लकडाउनले नीजि क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको छ ।

व्यापार ब्यबसाय गरेर आफ्नो जीविकोपार्जन गर्ने ब्यबसायीहरूलाई प्रत्यक्ष मार परेपछि उघोग बाणिज्य संघको पहलमा स्थानिय प्रशासनसंग समन्वय गरि स्वास्थ्य मापदण्डको पालना गरि बजार सञ्चालनमा आएका थिए । न्युनतम स्वास्थ्यको मापदण्ड पालना नगरी बजार खुलेको गुनासो आयसंगै उघोग बाणिज्य संघ दैलेखमा बसेको बैठकको निर्णयले सुरक्षा मापदण्ड अपनाएर मात्रै बिहान सात बजे देखि साझ चारबजेसम्म व्यापार ब्यवसाय सन्चालन गर्न आग्रह गरेको छ । व्यवसाय सञ्चालन गर्दा साामाजिक दुरी कायम गर्न संघले आग्रह गरेको छ ।

महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जिल्लामा थप सक्रमण फैलन नदिन र आबश्यक सतर्कता अपनाएर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको उघोग बाणिज्य संघका अध्यक्ष कुल बहादुर बिकले बताए । लकडाउने नीजि क्षेत्रले ठूलो घाटा बेहोर्नु परेको अवस्थामा सुरक्षा सावधानी अपनाएर व्यापार व्यवसाय सञ्चालन गरेपछि उद्योगी व्यापारीहरुलाई केहि राहत हुने अध्यक्ष विकको भनाई छ ।

 

समाचार