Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

विकासको श्रोत खोज्न स्थानीय सरकारका गुरुयोजाना आवश्यक

दैलेख ः प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले विकासको श्रोत खोज्न स्थानीय सरकारका विकास गुरुयोजना आवश्यकता रहेको औल्याएकी छिन् । कोरोना संक्रमण त्रासले सरकारले गरेको लकडाउन यता ७ महिना लामो काठमाण्डौं बसाईपछि जिल्ला फर्कीयकी विशुन्केले जिल्लाका पत्रकारहरुसंग मंगलवार छलफल कार्यक्रम गर्देे सो कुरा बताएकी हुन् ।
साँसद बिशुन्केले संघीय सरकारका निकायसंग बजेट माग्न स्थानीय सरकारको विकास गुरुयोजना र प्रस्तावित योजनाको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माग्ने गरेको तर स्थानीय सरकारले उपलब्ध गराउन नसक्दा आफूले चाहे जति विकास योजना पहल गर्न नसकिएको बताइन् ।
कुन जिल्ला, कुन ठाउँमा बढी बजेट प¥यो भन्ने कुरा त्यहाँको स्थानीय सरकारको विकास गुरुयोजनाले निर्भर गर्ने गरेको र आफूले आग्रह गर्दा पनि स्थानीय सरकारले प्रस्तावित योजनाको बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) उपलब्ध नगराएकै कारण योजना माग्न कठिनाई परेको उनको धारण थियो ।
प्रतिनिधिसभाको बैठक चलेको बेला संसदमा जिल्लाका समस्या राख्ने, लकडाउनको कारण काठमाण्डौंमा अप्ठ्यारोमा परेका दैलेखी नागरिकहरुलाई राहत सहयोग जुटाउनेदेखि जिल्ला फर्किन चाहेकाहरुलाई जिल्ला पठाउने यातायात प्रवन्धसम्म व्यवस्थापनमा आफूले आपतकालिन सहयोग गर्न पाएकोमा जिल्ला नआएर पनि काठमाण्डैंबाटै जिल्लावासीहरुका लागि सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी लागेको साँसद बिशुन्केले बताइन् ।
पत्रकारहरुसंगको छलफलमा सहभागी पत्रकारहरुलाई कोरोना संक्रमण रोकथामका स्वास्थ्य सामग्री वितरण गरेकी थिइन् । कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघका उपाध्यक्ष कृष्ण देवकोटाले गरेका थिए ।
त्यस अवसरमा प्रेस संगठनका केन्द्रीय सदस्यहरु नबिन रिजाल, बिष्णु शर्मा, जिल्ला अध्यक्ष पुष्कर थापा, प्रेस यूनियनका जिल्ला सभापति भूपेन्द्र शाही, पत्रकारहरु अमर सुनार, यज्ञराज थापा, बिशाल सुनार, तीर्थ भण्डारी लगायतले साँसद बिशुन्केले जिल्लाको विकासका लागि गरेको प्रयास र संसदमा प्रभावकारी उपस्थितिको प्रशंसा गर्दै भविष्यमा नीति निर्माण तहमा गर्नुपर्ने कामहरुका विषयमा सुझाव दिएका थिए ।

याे पनि पढ्नुहाेस । 

समाचार