दैलेखमा प्रदेश लेखा इकाई स्थापना
दैलेख ः दैलेख जिल्लामा प्रदेश लेखा इकाईको कार्यालय स्थापना गरिएको छ ।
कर्णाली प्रदेश मातहतका कार्यक्रम तथा बजेट निकासा सहज बनाउने उद्देश्यले कर्णालीका ९ वटा जिल्लामा प्रदेश लेखा इकाई स्थापना गर्ने कर्णाली प्रदेश सरकारको योजाना अनुसार दैलेखमा पनि प्रदेश लेखा इकाई कार्यालयको स्थापना गरिएको हो ।
दैलेख जिल्लाको नारायण नगरपालिका वडा नं ६ नेपाल टेलिकमको कार्यालय नजिकै यसको कार्यालय स्थापना भए पछी अब एउटै लेखा कार्यालयमा लाग्ने भिडभाड कम हुने भएको छ ।
संघ र स्थानिय सरकारका काम कार्वाही तथा बजेटको बारेमा कोष तथा लेखा कार्यालय दैलेखले हेर्ने र प्रदेश मातहतका योजना तथा कार्यक्रम,बजेटको बारेमा कर्णाली प्रदेश लेखा कार्यालय दैलेखले हेर्ने जानकारी आएको छ ।
हरेक कामहरु एउटै कार्यलय बाट हुदै आएकोमा आल २ वटा लेखा कार्यालयको स्थापना भए संगै एउटै कार्यालयबाट हुने झनझट कम हुने भएको हो ।
देश संघियतामा गए संगै हरेका कार्यलयहरु संघिय संरचनाजाने काम भई रहेको र यस अघि कोष तथा लेखा कार्यलयमा प्रदेशलेका योजनामा हर्ने छुट्ै इकाई रहे पनी हाल भने छुट्टै कार्यालय स्थापना गरिएको कर्णाली प्रदेश इकाई कार्यालय दैलेखका इकाई प्रमुख हरी बहादुर थापाले पंचकोशी खबरलाई जानकारी दिए ।
आइतबार प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा माननीय सभामुख राजबहादुर शाही ले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन कार्यक्रमा भूमि कृषि तथा सहकारी मन्त्री मिमला केसी, दैलेख क्षेत्र नं. १ (ख)का प्रदेश सभा सान्सद अम्मर बहादुर थापा, नारायण नगरपालिका मेयर रत्न बहादुर खड्का लगाएत जिल्ला भित्रका सरकारी तथा गैर सरकारी कार्यालयका कार्यलय प्रमुखहरुको उपस्थीती रहेको थियो ।




