Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

दैलेखका पहिरो पिडीतलाई दैलेख समाज दक्षिण कोरियाको सहयोग

दैलेख ः दैलेखबाट रोजगारीको शिलसिलामा दक्षिण कोरियामा रहेका दैलेखीहरुको सञ्जाल दक्षिण कोरिया दैलेख समाजले कोरोना महामारी देखी विभिन्न प्रकोपको चपेटामा परेकाहरुलाई विभिन्न समयमा आर्थिक एवं भौतिक सहयोग गर्दै आएको छ । कोरोना महामारीको समयमा दैलेखका विभिन्न स्थानिय तहहरुमा स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको समाजले वर्षायामको समयमा दैलेखको ठाँटिकाँध ४ गैरागाँउका पहिरो पिडितहरुलाई आर्थिक सहयोग गरेको छ ।
गत भदौ २ गतेको अविरल वर्षामा परि २ जनाले ज्यान गुमाएको र घरबास समेत गुमेको अवस्थामा दक्षिण कोरिया दैलेख समाजले पिँडिछ घरपरिवारलाई आर्थिक सहयोग गरेको छ । समाजले प्रति घरपरिवार पचासहजारका दरले मुख्य पहिरो पिडित २ परिवारलाई एकलाख नगद सहयोग प्रदान गरेको छ ।
दक्षिण कोरिया दैलेख समाजका अध्यक्ष राकेश चौँलागाईले बताए अनुसार दक्षिण कोरीया समाजले दैलेखका विभिन्न समस्यामा परेका दाजुभाईको दुखलाई महशुस गर्दै वेलाबेला सहयोग गरिरहेको र आगामी दिनमा पनि  केही रकम संकलन गरि सहयोग गर्ने बताए ।

समाचार