Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

जनआन्दोलन र बलिदानीले प्राप्त उपलब्धी रक्षा गर्नु सबैको दाहित्व हो 

दैलेखः प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्केले जनआन्दोलन र बलिदानीले प्राप्त उपलब्धी रक्षा गर्नु सबैको दाहित्व भएको बताएकी छन् ।
शासनमा समावेशी सहभागिता नै नेपालको संविधानको सबल पक्ष रहेको बताउँदै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भगवतीमाई गाउँ कमिटीको आयोजनामा आज बेस्तडामा गरेको संविधानको महिमा विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो धारण राखिन् । शनिबार भएको कार्यक्रममा नेकपा कर्णाली प्रदेश कमिटी सदस्य मायाराम अधिकारीले स्थानीय सरकार र पार्टी कमिटीको समन्वयमा काम गर्दा योजना अझै प्रभावकारी हुने सुझाव दिएका छन् ।
यसै कार्याक्रममा बोल्दै भगवतीमाई गाउँपालिका अध्यक्ष दानबहादुर थापाले स्थानीय सरकारका विकास कार्यक्रमहरु पारदर्शी र जवाफदेही तरिका सञ्चालन गर्न पार्टी संगठन गतिमान गराउन पार्टी नेतृत्वलाई आग्रह गरेका थिए । नेकपा जिल्ला कमिटी सदस्यहरु मानबहादुर खड्का, पदमा शाही, चन्द्रा रेग्मी, कर्णबहादुर शाही, नरेन्द्र शाही, कृष्णबहादुर शाही, रामबहादुर नेपालीले पनि नेपालको संविधानका विशेषता र दलहरुको भूमिका विषयमा बोलेका थिए ।
कोरोनाको कहर संग शनिबारको दिन परेको यस बर्षको संविधान दिवश जिल्ला हर्षउल्लासका साथ नभए पनि भगवतीमाई गाउँपालिकाले र केही संघ सस्थाले मनाएका छन् ।

 

समाचार