Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

स्वतन्त्र राष्ट्रिय अभियान दैलेखको अध्यक्षमा थापा

दैलेख ः भ्रष्टाचार विरुद्धको अभियान स्वतन्त्र राष्ट्रिय अभियान दैलेखको अध्यक्षमा के के थापा चयन भएका छन् । छ । राइट टु रिजेक्ट, राइट टु रिकल, सांसदहरु मन्त्री प्रधानमन्त्री बन्न नपाउने, कम्तीमा ५१ प्रतिशत जनताको मत ल्याउनेले मात्र सरकार बनाउन पाउने विशेषतायुक्त उन्नत लोकतन्त्र र प्रत्यक्ष प्रजातन्त्र सहितको दुई दलीय प्रणालीका लागि विगत १० वर्षदेखि अभियान जारी राखेको स्वतन्त्र राष्ट्रिय अभियान नेपालको दैलेख जिल्ला समिति मंगलबार गठन भएको हो ।
जनआन्दोलन २०६२/०६३ का घाइते थापालाई यसअघि पनि काठमाण्डौ स्थित माइतीघर मण्डलामा भएको एमसिसि विरुद्धको आन्दोलनमा सहभागी अध्यक्ष थापाले भ्रष्टाचार विरुद्ध विभिन्न कार्यक्रमहरुमा सहभागी हुने क्रममा प्रहरीको कुटाइका कारण घाइते सम्मेत भएका थिए ।
मंगलबार स्वतन्त्र राष्ट्रिय अभियानको दैलेखका पदाधिकारीहरुको वैठकबाट अध्यक्ष केके थापा, इन्चार्जमा केशव खड्का, सचिवमा कैलाश शाही, सहसचिवमा उपेन्द्र शर्मा र कोषाध्यक्षमा कमला रोकाया चयन गपरएको र सदस्यहरुमा क्रमशः जीवन थापा, केशव भण्डारी, राधिका हमाल, मिलन शर्मा, दीपक शाही, दीनेश न्यौपाने चयन भएको अध्यक्ष थापाले बताए । उनका अनुसार यो समितिले आउँदा दिनहरुमा थप विभागीय सदस्यहरु थपिने गरी हाल जिल्ला कार्य समिति गठन गरेको हो ।

समाचार