Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

फोटो पत्रकार महासंघ दैलेखको अध्यक्षमा बिसी

दैलेख ः नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा दैलेखले प्रथम साधारण सभा तथा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । बिहीवार दैलेख सदरमुकाममा भएको साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको हो । फोटो पत्रकार श्याम बिसीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिती गठन भएको छ । नेपाल फोटो पत्रकार महासघंका केन्द्रिय सदस्य बिशाल सुनारको प्रमुख आतिथ्यतामा भएको उक्त साधारण सभाले नयाँ कार्य समिती चयन गरेको हो । उक्त कार्य समितीको उपाध्यक्षमा तिर्थ भण्डारी, सचिवमा भक्तबहादुर शाही, सह–सचिवमा भावना हमाल र कोषाध्यक्षमा उदयराज अधिकारी रहेका छन् । साथै सदस्यहरुमा कुसुम खत्री, लोकेश गिरी रहेका छन् भने एकजना सदस्य पछि मनोनित गरिने बताईएको छ ।
साधारण सभाको उद्घाटन सत्रमा बोल्दै नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य बिशाल सुनारले पत्रकारिताका विभिन्न क्षेत्रमा नयाँ आयाम थपिरहेको स्थितीमा जिल्लामा फोटो पत्रकारहरुलाई एउटै छानामा राख्ने यस कार्यक्रममा सबैको उत्तिकै भुमिका रहने बताए ।संसारका बिकसित मुलुकहरुका कयौँ पर्यटकिय स्थलहरु एउटा फोटोकै भरमा पर्यटनका लागि मुख्य हवका रुपमा बिकास भएकाउ दाहरण दिदै सुनारले दैलेखमा पनी त्यो सम्भव र आवश्यकता दुवै भएको बताए ।
नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले पत्रकारिता निष्पक्ष हुनुपर्नेमा जोड दिएका थिए । पत्रकारिता समाचार लेखनकै लागी मात्र नभएर निश्चित श्रोत तथा विषयको पहिचान पनी भएकाले लेखनका क्रममा संवेदनशिलता मुख्य कुरा रहेको उनको भनाई छ । फोटो पत्रकारिताकै माध्यमबाट जिल्लाको पर्यटन प्रचार प्रसारमा सहयोग पु¥याउने भएकाले फोटो मार्फत नै जिल्लाको पहिचान बेग्लै बनाउन सकिने नगरप्रमुख खड्काको तर्क छ ।
पत्रकार महासंघका अध्यक्ष चक्र केसीले नयाँकार्य समितीले जिल्लाको पहिचानलाई अझ माथी उठाउन सहयोग गर्नुपर्ने बताए । जिल्लामा पर्यटनका क्षेत्रमा प्रशस्तै सम्भावनाहरु भएकाले त्यसको उजाँगर गर्नमा फोटो पत्रकारहरुको भुमिका महत्वपुर्ण रहनुपर्नेमा अध्यक्ष केसीको जोड छ । महासंघका तर्फबाट आवश्यक ठानिएका सहयोगहरुका लागी आफु तत्पर रहेकोमा समेत उनको प्रतिवद्धता थियो । उद्घाटन सत्रमा प्रेस युनियनका सभापति भुपेन्द्र शाही, प्रेस संगठनका संयोजक पुष्कर थापा लगायतले शुभकामना दिएका थिए ।

समाचार