डाक्टर साब तिमी हाम्रा अभिभावक हौ भनी छानेर लियो (गजल)
डाक्टर साब तिमी हाम्रा अभिभावक हौ भनी छानेर लियो,
तिम्रो तनमा अनि हामी सबैको मन मुटुमा लात हानेर लियो ।।
तिमिले दियको अतुलनीय योगदानको सहि मुल्यांकन गरी,
तिमी राम्रो मान्छे हौ यो देशको लागि भन्ने जानेर लियो ।।
जहातही बाट रिफर भै तिमिलाइ सम्झदै आउथे बिरामी,
हाडजोर्नी तथा नशा रोग तिमिलाई जबर्जस्ति बानेर लियो ।।
म सानै थिय तिम्रो नाम सुन्थे सबैले मानेको डाक्टर तिमी,
कोरोना आयो सायद मृत्युले पनि आफ्नो प्यारो ठानेर लियो ।।
अहिले जस्तै लाग्छ तिमी मेरै अगाडि मन्द हासिरहेको,
तर तिमी हाम्रो माझ छैनौ एकैछिन मा झानेर लियो ।।
ल्यब असिस्टेन्ट ललित बि सी
गुराँस गाउपालिका ,दैलेख








