दुल्लूमा सहायता कक्षको अवधारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम
दैलेख ः नेपाल सहायता कक्षको अवधारणा सम्वन्धी वडा स्तरिय अभमिुखीकरण कार्यक्रम दुल्लू नगरपालिका वडा नं. २ को वडा कार्यालयमा सञ्चालन गरिएको छ । कार्यक्रम वडा अध्यक्ष लक्षीराम थापाको अध्यक्षतामा सञ्चालन भएको हो ।
यस कार्यक्रममा नगरपालिकामा स्थापना भएको हेल्प डेस्क र तयार नेपाल परियोजनाको वारेमा जानकारी गराइएको छ । यो परियोजना युएसय आइडी अमेरिकी जनताको आर्थीक सहयोग, दुल्लू नगरपालिकाको साझेदारी एभरेष्ट क्लव दैलेख र तयार नेपाल परियोजनाको सहजिकरणमा दुल्लू नगरपालिकामा सञ्चालनमा रहेको छ । तयार नेपालको कोभिड १९ ले पारेको सामाजिक आर्थिक प्रभावसँग सामनागर्नका लागि नगरपालिकाहरुलाई तयार हुन सहयोग गर्ने उद्देश्य रहेको छ । यसैगरी विपद् पुर्व तयारी, प्रतिकार्य तथा पुनलार्भ सद्धिढीकरण कार्यक्रम अन्तरगत नेपालमा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्ने संस्थाहरुको वदलिदो अवस्थालाई आत्म साथ गर्दै समावेसी तथा अभ्यासहरु र प्राविधिको प्रयोग गरी क्षमता अभिवृद्धि गरिने छ ।
गरीव तथा संकटासन्नको आर्थिक पुनरउत्थानमा सहयोग पुग्ने गरी सशर्त नगद स्थानान्तरण कार्यक्रम सञ्चालन हुदै आएको र श्रमको लागि नगद कायक्रममा दुल्लू नगरपालिका वडा नं. १०, ११ र ६ का २०३ जना लाभग्राहीलाई २० दिन सम्म रोजगारी दिने भएको छ । यस्तै दुल्लू नगरपालिका १३ वटै वडाका १५८ जना उद्यमीहरुलाई आर्थिक सहयोग गरिने भएको छ । अभिमुखिकरण कार्यक्रममा वडा नं. २ का अध्यक्ष लक्षीराम थापाले एभरेष्ट क्लव दैलेख र तयार नेपाल परियोजनाको उद्येश्य र लक्ष एकदमै सरहानिय भएको बताएका छन् । उनका अनुसार छनोटमा परेका उद्यमीहरुलाई वडाको जनप्रतिनिधीहरुको रोहवरमा राखेर गर्न लागीयको कामको वारेमा प्रतिवद्धता गर्न लगाउन आग्रह गर्दै उद्यमीहरुको गतिविधीलाई निरन्तर अनुगमन गरिने बताए ।
कार्यक्रमको सहजिकरण एभरेष्ट क्लव परियोजना नेपाल दुल्लुका अनुगमन मुल्याङ्कन सिकाइ र सामाजिक लैङ्गिक समानता अधिकृत निरक शाहीले गरेका थिए । तयार नेपालको सहयोगलाई उचित सदुपयोग गरी नमुना उद्यमी बनेर गरिवी कमी हुनेमा आफु विश्वस्त रहेको बताउँदै अभिमुखीकरण कार्यक्रममा वडाका जनप्रतिनिधी, वडा सचिव दिपक आचार्य ,स्वास्थ्य इन्चार्ज नविन सुनार, वडाका प्राविधिक लगाएतको सहभागिता रहेको अक्ष्यक्ष थापाले बताए ।
दुल्लू नगरपालिका वडा नं. ४ ,५,८ र १० मा पनि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । योे अभिमुखिकरण दुल्लू नगरपालिकाका १३ वटै वडामा गरिने नगरपालिकाले जनाएको छ ।




