कर्णाली याेजना आयोगमा खड्का नियुक्त
सुर्खेत : खाली रहेको कर्णाली प्रदेश योजना आयोगमा सर्वराज खड्कालाई नियुक्त गरिएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
दैलेख नारायण नगरपालिका–८ का सर्वराज खड्कालाइ नियुक्त गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । खड्का दैलेख नारायण नगरपालिका-८ निवासी हुन् ।
पुण्यप्रसाद रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको उपकुलपतिमा नियुक्त भएपछि खाली रहेको पदमा खड्कालाई नियुक्त गरिएको हो ।
बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समन्वय विज्ञका रुपमा सुर्खेत जिल्ला लाटीकोइलीका झकबहादुर मल्ललाइ नियुक्त गरेको छ । मल्ल नेकपाका केन्द्रीय सदस्य तथा सुर्खेतका सह-इन्चार्जसमेत हुन् ।




