दैलेखमा फाइबरबाट सेवा, पुरानो तारहरु विस्तापित
दैलेख : नेपाल टेलिकमले दैलेख ‘फोर–जी’ सुरु गरे संगै सदरमुकामा फाइबरबाट सेवा दिएको छ यो सेवा सुरु भए पछी बजारमा अब्यस्थीत रुपमा तामाको तारबाट संचालनमा रहेकोे टेलिफोन तथा इन्टरनेटका तारहरु हटाउन थालेको छ । सोमबार टेलिकमको कार्यालय देखि गणेशचौक सम्मको तारहरु हटाएको छ । यो कार्य निरन्तर रहने टेलिकमले जनाएको छ ।
नारायण नगरपालिकामा तामाको तारबाट संचालनमा रहेकोे टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको हो । सोमबार देखि टेलिकमले दैलेख बजार भित्रका तारहरु विस्तापित गर्ने लागेको छ । सदरमुकाम सम्मेत रहेको नारायण नगरपालिकाका सेवाग्राहिले उच्च गतिको इन्टरनेट सेवा दिइ रहेको छ । टेलिकम दैलेखकाका अनुसार कात्तिक १५ गते नै यो स्थानमा फाइबर टु द होम (एफटीटीएच) विस्तारको कार्य सम्पन्न भएको थियो उक्त स्थानमा यसअघि प्रयोगमा रहेका पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको छ । पूर्ण रुपमा फाइबर नेटवर्क विस्तार हुने नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको टेलिकमले सम्मेत टेलिकम दैलेखले जनाएको छ । नारायण नगरपालिकामा टेलिकममा अनुसार १०२४ लाइन क्षमताको एफटीटीएच नेटवर्क विस्तार गरिएको छ ।
पुरानो तामाको तार अर्थात कपरबाट सञ्चालित करिब ४१७ लाइन एफटीटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ १२० लाइन समेत वितरण गरिएको छ । योसँगै उक्त नगरपालिकामा एफटीटीएच लाइन प्रयोगकर्ताको संख्या ५३७ पुगेको छ । यसले नारायण नगरपालिका अन्तर्गतको बजारको सबैजसो भागलाई समेटेको छ । दैलेखमा टेलिकमका प्रयोगकर्ताहरूले फोरजी सेवा एक बर्ष पहिले देखि चलाउदै आएका छन् ।
नेपाल टेलिकम दैलेखको तर्ताङदेखि सदरमुकाम दैलेख बजारहुँदै खुर्सानीबारीसम्मको क्षेत्रमा अप्टिकल फाइबर बिछ्याए संगै पुरानो तारहरु हटाउन लागेको नेपाल टेलिकम दैलेखका निमित्त कार्यालय प्रमुख हरी खनालले जानकारी दिए । उनका अनुसार दैलेख बजार अब पुराना तारहरु हटाए पछि नयाँ तारहरुलाई ब्यवस्थीत गरिने र बजार सुन्दर देखिने छ । नारायण नगरपालिकामा तार विस्तापितको काम सुरु भएको र यो काम सकिय पछि दुल्लु नगरपालिका मा फाइबरको काम सुरु गरिने टेलिकम दैलेखले जानकारी दिएको छ ।





