Loading... आजः २०८३, १ असार सोमबार

व्यवस्थापन समितिको अध्यक्षमा युवा नेता न्यौपाने चयन

दैलेख ः रेडक्रस माध्यामिक विद्यालय नारायण नगरपालिका वडा नं. ६ भूर्ति दैलेखको ब्यवस्थापन समितिको अध्यक्षमा नेकपाका युवा नेता जनक न्यौपाने चयन भएका छन् ।
सुक्रबार जेष्ठ सदस्य मणिराम न्यौपानेको अध्यक्षतामा विद्यालयमा बैठक बसि संस्थापक, समाजसेवी बुद्धिजिबीको तर्फबाट जनक न्यौपाने र दुर्गा जैसी रेग्मीलाई चयन गरिएको थियो, सनिबार जेस्ठ सदस्य मणिराम न्यौपानेको अध्यक्षतामा बैठक बसि सर्बसम्बत कार्यसमिति चयन गरिएका छ । सनिबार नयाँ चएन भएका अध्यक्ष जनक न्यौपाने, अभिभावकको तर्फबाट मणिराम न्यौपाने, संगिता कुँवर, सिता नेपाली, युवराज रेग्मी मनोनित तर्फबाट जनक न्यौपाने र दुर्गा जैसी रेग्मी चयन भएको रेडक्रस माध्यामिक विद्यालयका प्रधानाध्यापक हिरामणी न्यौपानेले जानकारी दिए ।
रास्ट्रिय युवा संघ नेपालका केद्रिय सदस्य एवं दैलेख जिल्लाका सह–इन्चार्ज नेकपा दैलेखका जिल्ला कमिटि सदस्य युवा नेता न्यौपानेले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चएन भएपछि रेडक्रस माध्यामिक विद्यालयलाई भौभिक हिसाबले सु–सम्पन्न, शैक्षिक हिसाबले उत्कृष्ट र जिल्लाको नमुना सुबिधा सम्पन्न शैक्षिक केन्द्र बनाउने बताएका छन् ।

 

समाचार

सम्बन्धित समाचार